YouTube Link

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उत्साहसँगै लगानीकर्ताको चासो, विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता

Facebook Link

काठमाडौं: राजनीतिक स्थिरतासँगै कानूनी, संरचनागत एवम् व्यावहारिक हिसाबले लगानीमैत्री वातावरण बनाइएको भन्दै लगानी सुरक्षामा सरकारले प्रतिवद्धता जनाएको लगानी सम्मेलनमा विकास साझेदार र विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता जनाएका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रोमा लगानी जुटेको छ । ९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका हुन् । लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । त्यसैगरी माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलर लगानीका लागि सम्झौता गरेको छ ।

डोल्मा हिमालयन पावरका प्रबन्ध निर्देशकबाट सोलार पावरमा ८० मिलियन अमेरिकी डलर लगानीको घोषणा गरेको छ । त्यसैगरी प्रदेश दुइका मुख्यमन्त्री र चौधरी समूहवीच सोलार पावर विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसका लागि चौधरी समूहले सराफ ग्रुप अफ मल्टिपर्पजवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सिमरा विशेष आर्थिक क्षेत्र निर्माणका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन आइएफसी र लगानी बोर्डवीच लगानी सम्झौता भएको छ । दक्षिण अफ्रिका र नेपालको लगानी बोर्डवीच साझेदारीको सम्झौता भएको छ । बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट निर्माणका लागि सिन्सिएर बुटिकको लगानी प्रतिवद्धता अएको छ । गैर अवासीय नेपाली संघले पूर्वाधारमा १० अर्ब रुपैंयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

सम्मेलन समापन समारोहमा विभिन्न विदेशी कम्पनी र विकास साझेदारका प्रतिनिधिले नेपालमा लगानीको उचित वातावरण बनेको धारणा राख्दै लगानीका लागि तयार रहेको धारणा व्यक्त गरेका छन् । सम्मेलन उद्घाटन सत्रमै सरकारको लगानीका लागि अह्वानसहित प्रतिपक्षी दलका नेता एवम् पूर्व अर्थमन्त्री डा. महतबाट समृद्धि फर्स्ट अवधारणासहितको लगानीका लागि आग्रह अनि उत्साहित निजीक्षेत्रसँगको हातेमालोले लगानी अपेक्षित उपलब्धि नजीक पुगेको छ । सम्मेलनका उपलब्धि उपयोग गर्न प्रशासनिक संयन्त्र थप इमान्दार, जिम्मेवार एवम् कर्तव्यनिष्ठ बन्नुपर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...