YouTube Link

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उत्साहसँगै लगानीकर्ताको चासो, विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: राजनीतिक स्थिरतासँगै कानूनी, संरचनागत एवम् व्यावहारिक हिसाबले लगानीमैत्री वातावरण बनाइएको भन्दै लगानी सुरक्षामा सरकारले प्रतिवद्धता जनाएको लगानी सम्मेलनमा विकास साझेदार र विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता जनाएका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रोमा लगानी जुटेको छ । ९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका हुन् । लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । त्यसैगरी माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलर लगानीका लागि सम्झौता गरेको छ ।

डोल्मा हिमालयन पावरका प्रबन्ध निर्देशकबाट सोलार पावरमा ८० मिलियन अमेरिकी डलर लगानीको घोषणा गरेको छ । त्यसैगरी प्रदेश दुइका मुख्यमन्त्री र चौधरी समूहवीच सोलार पावर विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसका लागि चौधरी समूहले सराफ ग्रुप अफ मल्टिपर्पजवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सिमरा विशेष आर्थिक क्षेत्र निर्माणका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन आइएफसी र लगानी बोर्डवीच लगानी सम्झौता भएको छ । दक्षिण अफ्रिका र नेपालको लगानी बोर्डवीच साझेदारीको सम्झौता भएको छ । बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट निर्माणका लागि सिन्सिएर बुटिकको लगानी प्रतिवद्धता अएको छ । गैर अवासीय नेपाली संघले पूर्वाधारमा १० अर्ब रुपैंयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

सम्मेलन समापन समारोहमा विभिन्न विदेशी कम्पनी र विकास साझेदारका प्रतिनिधिले नेपालमा लगानीको उचित वातावरण बनेको धारणा राख्दै लगानीका लागि तयार रहेको धारणा व्यक्त गरेका छन् । सम्मेलन उद्घाटन सत्रमै सरकारको लगानीका लागि अह्वानसहित प्रतिपक्षी दलका नेता एवम् पूर्व अर्थमन्त्री डा. महतबाट समृद्धि फर्स्ट अवधारणासहितको लगानीका लागि आग्रह अनि उत्साहित निजीक्षेत्रसँगको हातेमालोले लगानी अपेक्षित उपलब्धि नजीक पुगेको छ । सम्मेलनका उपलब्धि उपयोग गर्न प्रशासनिक संयन्त्र थप इमान्दार, जिम्मेवार एवम् कर्तव्यनिष्ठ बन्नुपर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...