YouTube Link

गण्डकीका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा नेपाल कम्यूनिष्ट पार्टीको एकता टुंगियो, यस्तो छ भागबन्डा

Facebook Link

काठमाडौं : सत्तारूढ दल नेकपाको जिल्ला तहको एकता नटुंगिँदै ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ । गण्डकीका जिल्लाबाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटा, प्रदेश २ का आठै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको भागबन्डा पनि करिब टुंगिएको छ । प्रदेश २ मा दुवै पूर्ववत् घटकहरूलाई बराबरी प्रतिनिधित्व गराउने गरी सैद्धान्तिक सहमति भएको छ । ‘हामीले पपुलर भोटका आधारमा एकताको काम टुंग्याउने सहमति गरेका छौं’, नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता गोपाल ठाकुरले भने, ‘ब्ल्याक एन्ड ह्वाइट सहमति भने भइसकेको छै न। तर मोटामोटी एकताको सैद्धान्तिक आधार बनाएका छौं ।’

प्रदेश ३ को दोलखा, सिन्धुली, रसुवा, रामेछाप र ललितपुरका स्थानीय तहमा एकताको भागबन्डा टुंगिएको छ । गण्डकी प्रदेशले भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन । उक्त प्रदेशका कुनै पनि जिल्लामा स्थानीय तहको एकतामा भागबन्डा टुंगिएको छैन ।

प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, पाल्पा, गुल्मी, अर्खाघाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, जाजरकोट र मुगुका स्थानीय तहमा भागबन्डा सहितको एकता प्रक्रिया टुंगोमा पुगेको छ। सुदुरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिएको छ ।

यस्तो छ भागबन्डा

  • बाजुरका ९ स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति भएको छ ।
  • बैतडीका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व लिने समझदारी भएको छ ।
  • प्युठानमा पूर्वएमालेले ५ र पूर्वमाओवादीले ४ ओटा स्थानीय तहमा नेतृत्व लिने गरी भागबन्डा टुंगिएको छ ।
  • दोलखाका नौ स्थानीय तहमध्ये ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीले नेतृत्व लिने गरी सहमति बनेको छ ।
  • सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा पनि एकता टुंगिएको छ । जिल्लाका दुवै नगरपालिकासहित ५ स्थानीय तह पूर्वएमाले र चार गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व पाएको छ ।
  • पाल्पाका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व पाएको छ ।
  • गुल्मीका १२ स्थानीय तहमध्ये ७ वटामा पूर्वएमाले र ५ वटामा पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति बनेको छ ।
  • रोल्पाको १० स्थानीय तहमध्ये ४ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ६ स्थानीय तहमा पूर्वमाओवादीले नेतृत्व लिने भएको छ ।
  • रामेछापका आठ तहमध्ये ५ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले नेतृत्व लिनेछ । ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट पाँच पूर्वमाओवादीले चार तहको नेतृत्व गर्नेछन् ।
  • भोजपुरका ९ तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।
  • झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ । त्यस्तै मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तह र माओवादीले सात तहको नेतृत्व गर्नेछन् ।
  • पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन् । डडेलधुराका सात स्थानीय तहमध्ये ४ तहमा पूर्वएमाले र ३ वटा तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्नेछन्। दाङका १० तहमध्ये ६ को नेतृत्व एमाले र ४ मा माओवादीको नेतृत्व रहने छ । दार्चुलाका ५ तह पूर्वएमाले र ४ तह पूर्वमाओवादीको भागमा परेको छ ।
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...