Health Ad
YouTube Link

गण्डकीका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा नेपाल कम्यूनिष्ट पार्टीको एकता टुंगियो, यस्तो छ भागबन्डा

Khanepani Dhal
Facebook Link

काठमाडौं : सत्तारूढ दल नेकपाको जिल्ला तहको एकता नटुंगिँदै ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ । गण्डकीका जिल्लाबाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटा, प्रदेश २ का आठै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको भागबन्डा पनि करिब टुंगिएको छ । प्रदेश २ मा दुवै पूर्ववत् घटकहरूलाई बराबरी प्रतिनिधित्व गराउने गरी सैद्धान्तिक सहमति भएको छ । ‘हामीले पपुलर भोटका आधारमा एकताको काम टुंग्याउने सहमति गरेका छौं’, नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता गोपाल ठाकुरले भने, ‘ब्ल्याक एन्ड ह्वाइट सहमति भने भइसकेको छै न। तर मोटामोटी एकताको सैद्धान्तिक आधार बनाएका छौं ।’

प्रदेश ३ को दोलखा, सिन्धुली, रसुवा, रामेछाप र ललितपुरका स्थानीय तहमा एकताको भागबन्डा टुंगिएको छ । गण्डकी प्रदेशले भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन । उक्त प्रदेशका कुनै पनि जिल्लामा स्थानीय तहको एकतामा भागबन्डा टुंगिएको छैन ।

प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, पाल्पा, गुल्मी, अर्खाघाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, जाजरकोट र मुगुका स्थानीय तहमा भागबन्डा सहितको एकता प्रक्रिया टुंगोमा पुगेको छ। सुदुरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिएको छ ।

यस्तो छ भागबन्डा

  • बाजुरका ९ स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति भएको छ ।
  • बैतडीका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व लिने समझदारी भएको छ ।
  • प्युठानमा पूर्वएमालेले ५ र पूर्वमाओवादीले ४ ओटा स्थानीय तहमा नेतृत्व लिने गरी भागबन्डा टुंगिएको छ ।
  • दोलखाका नौ स्थानीय तहमध्ये ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीले नेतृत्व लिने गरी सहमति बनेको छ ।
  • सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा पनि एकता टुंगिएको छ । जिल्लाका दुवै नगरपालिकासहित ५ स्थानीय तह पूर्वएमाले र चार गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व पाएको छ ।
  • पाल्पाका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व पाएको छ ।
  • गुल्मीका १२ स्थानीय तहमध्ये ७ वटामा पूर्वएमाले र ५ वटामा पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति बनेको छ ।
  • रोल्पाको १० स्थानीय तहमध्ये ४ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ६ स्थानीय तहमा पूर्वमाओवादीले नेतृत्व लिने भएको छ ।
  • रामेछापका आठ तहमध्ये ५ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले नेतृत्व लिनेछ । ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट पाँच पूर्वमाओवादीले चार तहको नेतृत्व गर्नेछन् ।
  • भोजपुरका ९ तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।
  • झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ । त्यस्तै मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तह र माओवादीले सात तहको नेतृत्व गर्नेछन् ।
  • पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन् । डडेलधुराका सात स्थानीय तहमध्ये ४ तहमा पूर्वएमाले र ३ वटा तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्नेछन्। दाङका १० तहमध्ये ६ को नेतृत्व एमाले र ४ मा माओवादीको नेतृत्व रहने छ । दार्चुलाका ५ तह पूर्वएमाले र ४ तह पूर्वमाओवादीको भागमा परेको छ ।
X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...