YouTube Link

आप्रवासीका लागि आवास भिसा सहज बनाइएको पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाद्वारा घोषणा

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: पोर्चुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्चुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन् । आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो ।

नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्चुगल छिरेका वा बसोबास गरिरहेका तर कम्तिमा पनि १२ महिनाको सामाजिक सुरक्षा कर (Social Security Tax) तिरेकाहरुको लागि आवस भिसा सहज बनाईएको छ । संविधान सभाको २२ फेब्रुअरीमा बसेको बैठकले पोर्तुगलको राष्ट्रिय भूमिमा प्रवेश गर्ने, बसोबास गर्ने, पोर्तुगल छोड्ने र आप्रवासीहरुलाई देश निकाला गर्ने कानुनको हकमा यहाँको PSD र CDS-PP राजनीतिक पार्टीको बिरुद्धमा PS, PCP, BE र PAN पार्टीका सांसदहरुले दिएको भोटको आधारमा अनुमोदन गरिएको थियो ।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुनले बिना भिसा वा गैर कानुनी तरिकाले पोर्तुगल प्रवेश गरका र यहाँ बसोबास गरिरहेका आप्रवासी भएतापनि कम्तीमा १२ महिनाको सामाजिक सुरक्षा कर (Social Security Tax) तिरेका आप्रवासीहरुलाई कानूनी रूपमा देशमा प्रवेश गरेको मान्यता दिएको छ ।

पोर्चुगलको आप्रवासी कानुनमा भएको यो परिवर्तनले आप्रवासी कानुन नीति २००७ लाई खारेजी गरेको छ , जसमा पोर्तुगलको भूभागमा भिसा लिएर कानुनी रुपमा प्रवेश गरेका (Legal Entry with Visa) लाई मात्रै आप्रवासी आवास अनुमति दिने उल्लेख गरिएको थियो ।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुन अनुसार आप्रवासी नितिको आर्टिकल १२३ को खारेजी हुनेछ भने सम्पूर्ण आप्रवासीहरुको आवास अनुमतिपत्र आर्टिकल ८८ अन्तर्गत प्रदान गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...