नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:३८
2.8K
sharesकाठमाडौं: नेपाल बार एशोसिएशनका अध्यक्ष पदका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ-आफनो जीतको दावी गरेका छन् । सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले नेपाल बार एशोसिएशनलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘नेपाल बार एशोसिएशनको निर्वाचन बहस’ कार्यक्रममा बोल्दै एनएलएका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बारलाई सक्षम नेतृत्व चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गरे । प्रतिपक्षी दल नेपाली कांग्रेस डेमोक्रेट लयर्स एशोशिएशन (डिएलए) बाट अध्यक्ष पदका अर्का प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको दावी गरे ।
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रिय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:३८