YouTube Link

लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीद्वारा जानकारी, ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिएका छन् । सम्मेलनको तयारी पूरा भएको जानकारी दिँदै उनले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा रहने बताए ।

आर्थिक समृद्धिका लागि सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने भएका छन् । ‘लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन चाहेका छौं । नेपालमा सम्भावित योजना छन् । त्यहाँ लगानी गर्दा कस्तो प्रतिफल आउँछ ? ती विषयमा कानूनी बाटो र व्यवहारिक समस्या हल गर्ने बाटो पनि लगानी सम्मेलन हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसअघि भएको लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउँदै यो सम्मेलन गरिएको छ ।’

यसअघि पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने जानकारी उनले दिए । ‘स्वदेश लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्ने काम पनि लगानी सम्मेलनबाट हुनेछ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकारको भूमिकाका लगानीकर्ताका विषयलाई सहज बनाइदिने हुनेछ ।’ स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श पनि हुने अर्थमन्त्रीले जानकारी दिए । सम्मेलनमा कूटनीतिज्ञहरु पनि सहभागी हुने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले लगानी सम्बन्धी कतिपय कानूनहरु बनेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...