YouTube Link

उत्कृष्ट पत्रकारीता पुरस्कारकालागि अक्षयकोष

Facebook Link

रामेछाप: उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारका लागि रामेछापमा अग्रज पत्रकार सुमित श्रेष्ठले अक्षय कोष स्थापना गर्न ५० हजार सहयोगको घोषणा गरेका छन्  ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष श्रेष्ठले अक्षयकोषबाट आउने व्याजबाट हरेक बर्ष जिल्लामा रहि उत्कृष्ट पत्रकारीता गर्ने आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले कोषको स्थापनाकालागि सहयोग गरेको बताए  ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २१ औं स्थापना दिवशको अवसरमा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । महासंघले हरेक बर्ष ५ हजार नगदतथा दोसल्ला र प्रमाणपत्र सहित उत्कृत जनजाति पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

यस बर्ष पनि आफ्नो स्थापना दिवशका अवसरमा मंगलबार चियापान कार्यक्रमको आयोजना गरि महासंघका पूर्व अध्यक्ष एवं क्रियाशिल पत्रकार यूनिक बिफा घिसिङ्गलाई पुरस्कृत गरेको छ । रामेछाप नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा उक्त नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरले घिसिङ्गलाई ५ हजार नगद तथा प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो  ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापका अध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर, उपप्रमुख श्रृजना खड्का, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश उपाध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य बद्रि नयाँघरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...