YouTube Link

गोंगबु हत्याकाण्ड: ‘जोजो अपरेशन’ अभियुक्त सार्वजनिक

Facebook Link

काठमाडौं: गोंगबुमा पुरुषको हत्या गर्ने महिला हुन् कल्पना मुडभरी पौडेल । उनको पेशा स्पष्ट छैन् । घर चितवन भएको खुलेको छ । उनी केही समयअघिसम्म मोडलिङ तथा अभियन क्षेत्रमा क्रियाशील रहेको पाइएको छ ।

गोंगबुमा टाउको विनाको शव भेटिएको घटना घटाउनुअघि उनले मृतक कृष्णबहादुर बोहरालाई स्लिपिङ ट्यावलेट खुवाइ लठ्याएपछि हम्मरले अण्डकोषमा हानेकी थिइन् ।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथ समेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ ।

घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुसन्धानका लागि टोली खटिएको थियो ।

सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको हो ।

प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनय समेतमा संलग्न थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ ।

विगत केही वर्षदेखि श्रीमानको सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ ।

आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...