YouTube Link

गोंगबु हत्याकाण्ड: ‘जोजो अपरेशन’ अभियुक्त सार्वजनिक

Facebook Link

काठमाडौं: गोंगबुमा पुरुषको हत्या गर्ने महिला हुन् कल्पना मुडभरी पौडेल । उनको पेशा स्पष्ट छैन् । घर चितवन भएको खुलेको छ । उनी केही समयअघिसम्म मोडलिङ तथा अभियन क्षेत्रमा क्रियाशील रहेको पाइएको छ ।

गोंगबुमा टाउको विनाको शव भेटिएको घटना घटाउनुअघि उनले मृतक कृष्णबहादुर बोहरालाई स्लिपिङ ट्यावलेट खुवाइ लठ्याएपछि हम्मरले अण्डकोषमा हानेकी थिइन् ।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथ समेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ ।

घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुसन्धानका लागि टोली खटिएको थियो ।

सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको हो ।

प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनय समेतमा संलग्न थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ ।

विगत केही वर्षदेखि श्रीमानको सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ ।

आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...