YouTube Link

जलवायु परिवर्तनको असर: हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने

Facebook Link

काठमाडौं: ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ ।

जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्वभर फैलाउने लक्ष्यका साथ ४० वर्षे आरोही पिके शेर्पा १४ वर्षीय छोरा सोनामका साथ विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लागेका हुन् । आरोहणमा जान लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा संलग्न छन् । शेर्पा बाबुछोराले अभियान अन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।

अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको बताए । हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने उल्लेख गरे । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले नेपाललाई विश्वमा प्रवद्र्धन गर्न अभियान सान्दर्भिक हुने बताइन् ।

हिमालय उद्धार सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएकाले सात महादेशका उच्च हिमालबाट हिमाल संरक्षणको सन्देश उपयोगी हुने धारणा राखे । करीब रु ६ करोड खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...