त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र संयुक्त अरब ईमिरेटस युएई एयरपोर्ट टर्मिनल मर्मतका लागि केही समय बन्द हुने
वि.सं.२०७५ चैत १० आइतवार ०८:२९
1K
sharesकाठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र संयुक्त अरब ईमिरेटस युएईमा रहेको दुबई एयरपोर्ट टर्मिनल मर्मतका लागि केही समय बन्द हुने भएपछि नेपाल एयरलाईन्सको दुवई काठमाण्डौ तथा काठमाण्डौ दुबई उडानको तालिका परिवर्तन हुने भएको छ ।
केही समयका लागि सातामा तीन दिन मात्र उडान हुने नेपाल एयरलाईन्सले जनाएको छ । १ अप्रिलदेखि ३० जुनसम्म दुबईको जाबेल अलि नजिकै रहेको अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ तालिकामा उडान हुने जनाइएको छ । उडान तालिका तथा विमानस्थल परिर्वतन भएपनि यात्रुलाई यसबाट पर्न जाने असुविधा कम गर्न पुर्ण तयारी गरिएको जनाइएको छ ।
दुबईबाट काठमाण्डौ जाने विमान युएईको समय अनुसार बुधबार, शुक्रबार र आईतबार बिहान २ बीसमा उडान भर्ने छ । परिवर्तित तालिका अनुसार चैत्र १८ अर्थात अप्रिल एकबाट काठमाण्डौबाट दुबई जाने विमान मंगलबार, विहिबार र शनिबार नेपाली सयमको राति सबा नौ बजे उडान भर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रि विमान स्थल एक अप्रिलदेखि ३० जुनसम्म राति ९ बजेर ३० मिनेट देखि बिहान ८ बजे सम्म धावनमार्ग मर्मतको लागि बन्द रहने छ भने दुबई अन्तर्राष्ट्रिय विमान स्थलको दक्षिण-पूर्व तर्फको एउटा धावनमार्ग १६ अप्रिल देखि ३१ मे सम्मको ४५ दिन मर्मतको लागि पूर्णरुपमा बन्द रहनेछ ।
वि.सं.२०७५ चैत १० आइतवार ०८:२९