YouTube Link

नाम बाघ समुह, काम पनि बाघ गति: “अध्यक्ष हरि अधिकारी”

Facebook Link

काठमाडौं: थोपा थोपा मिलेर नै समुन्द्र बन्छ, हामी जुटे संसार हाकिन्छ । यस्तै उदेश्यका साथ बागबजारस्थित शान्त कम्प्लेक्सका उद्यमीले ‘बाघ समुह’ नामक एक संस्था स्थापना गरी व्यवसायिक उद्योग स्थापनाका निम्ति सञ्चालन गरिएको संस्था ‘बाघ समुह’को आज वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शान्त कम्प्लेक्सभित्र घरबेटीबाका उपनामले चिनिएका शान्तरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा ७ नयाँ कार्यसमिति पनि गठन भएको छ । नयाँ कार्य समितिमा अध्यक्ष: हरि अधिकारीका साथ लक्ष्मण महर्जन, राजेन्द्र थापामगर, सविता केसी, ज्योति बस्नेत, कुल प्रसाद धमला, राजेन्द्र चौधरी चयन भएका छन् ।

कार्यक्रमको बारेमा जानकारी दिँदै संस्थाका अध्यक्ष हरि अधिकारीले स-सानो पुँजीबाट सुरु गरेका हामी सम्पूर्णको प्रयासले यहाँसम्म आईपुग्न सफल भएका र हामी सम्पूर्ण सदस्यहरुको हात रहेको बताउँदै हामी बाघ समुह बाघ नै भएर व्यवसायिकतामा फड्को मार्नको निम्ति हामी प्रायसरत रहनुपर्नेमा जोड दिए ।

 

 

सभाका प्रमुख अतिथि शान्तरत्न मानन्धरले व्यवसायिकताको नयाँ कार्य थालनी भएकोमा सम्पूर्ण सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन व्यक्त गरेका थिए । कार्यक्रममा राजेन्द्र थापामगर, सरिता केसी, लक्ष्मण महर्जन लगायतका सदस्यले आ-आफ्नो धारणा राखेका थिए । सम्पन्न साधारणसभामा हालसम्म कुल १७ लाख २२ हजार ६ सय ५० रुपैयाँको चुक्ता पुँजी देखाईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...