Texas College
YouTube Link

समयमै मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा धान रोपाईको काम २२ प्रतिशत सकियो

Facebook Link

धनगढी: सुदूरपश्चिम प्रदेशमा असार पहिलो सातासम्म करिब २२ प्रतिशत धान रोपाईंको काम सकिएको छ । समयमै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म सुदूरपश्चिम प्रदेशमा ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई‌ भइसकेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक लाख ८१ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । क्षेत्रीय कृषि निर्देशनालय, दीपायलका अनुसार असार पहिलो सातासम्म २२ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको जनाएको छ ।

यस वर्ष समयमै मनसुन सक्रिय भएका कारण छिटो रोपाईं सुरु भएको र आकाशे पानीको भर पर्नुपर्ने ठाउँहरूमा पनि रोपाईं चलिरहेको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । प्रदेशका नौ जिल्लामध्ये असार पहिलो सातासम्म सबैभन्दा कम रोपाईं कैलाली र कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा ४८ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार पहिलो सातासम्म ७ हजार २ सय ५६ हेक्टरमा रोपाईं भएको छ ।

त्यस्तै कैलालीमा ७१ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार १ सय ९२ हेक्टरमा मात्र रोपाईं भएको र अहिलेसम्म सबैभन्दा बढी रोपाईं ७ हजार २ सय २० हेक्टरमा धानखेती हुने बाजुरामा पनि ३ हजार २ सय ४९ हेक्टरमा रोपाईं सकिएको जोशीले बताए । त्यस्तै, यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाईं पनि चाँडो सुरु हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...