नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुग्यो
वि.सं.२०७७ असार १ सोमवार २३:१४
1.4K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयले संक्रमितको संख्या ६२ सय ११ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
आज ७ महिला सहित ६७ जना कोरोनामुक्त भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार ४१ पुगेको छ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घन्टामा कसैको मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।
अहिलेसम्म एक लाख ३८ हजार ६ सय ८३ वटा ‘पीसीआर’ परीक्षण भएका छन् । हाल देशभर एक लाख ३३ हजार ८ सय २९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार १ सय ५१ जना ‘आइसोलेसन’मा रहेका छन् ।
वि.सं.२०७७ असार १ सोमवार २३:१४




















