जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
वि.सं.२०७७ वैशाख २४ बुधवार १४:४७
1.2K
shares
काठमाडौं: सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म थप गर्ने बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमानाका कडाइका साथ सिल गर्ने पनि निर्णय गरेको छ ।
भारतसँग जोडिएका सीमानाकाबाट लुकिछिपी मानिस आउन थालेपछि सरकारले त्यसलाई पूर्ण रुपमा रोक लगाउन सीमा नाका सिल गर्ने समेत निर्णय गरेको छ । यसैगरी बैठकले अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा बाहिरबाट सवारी साधन र मानिसलाई आउन समेत प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको छ ।
वि.सं.२०७७ वैशाख २४ बुधवार १४:४७




















