भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, संक्रमितको संख्या ५० हजार नजिक
वि.सं.२०७७ वैशाख २४ बुधवार १२:२२
1.2K
shares
एजेन्सी: छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ६ सय ९५ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको पनि जनाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भने त्यहाँ तीन हजार नौ सय संक्रमित थपिएका थिए । अघिल्लो दिन मृत्यु हुनेको संख्या १ सय ९५ थियो । सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६ सय १७ पुगेको छ भने संक्रमितको संख्या १५ हजार ५ सय नाघेको छ । गुजरातमा ३ सय ६८ जनाको मृत्यु हुँदा ६ हजार दुई सयभन्दा बढी संक्रमित छन् ।
वि.सं.२०७७ वैशाख २४ बुधवार १२:२२




















