YouTube Link

पश्चिम ठमेल पर्यटन परिषदद्वारा लकडाउनबाट प्रभावित सडक बालबालिका र मजदुरलाई सहयोग

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोराना भाईरस संक्रमणबाट नेपाल पनि प्रभावित बनेको छ । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको एक महिना पुगेको छ । यस विषम परिस्थितिमा लकडाउनबाट प्रभावित एवं अलपत्र भएकाहरुलाई पश्चिम ठमेल पर्यटन परिषद्ले सहयोग गर्दै आएको छ ।

विशेष गरि पश्चिम ठमेलमा दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरुको हितमा ध्यानमा राख्दै परिषद्ले राहत एवं सहयोग कार्यक्रम घोषणा गरेको परिषद्का अध्यक्ष सन्तोष पाँडेले बताए । देशभर लकडाउन सुरु भईसकेपछि प्रत्येक शनिबार सो क्षेत्रमा सरसफाई गर्दै आएको पनि अध्यक्ष पाँडेले बताए । परिषद्को संयोजकत्वमा सरसफाईका साथै सो क्षेत्रलाई स्यानिटराइज्ड गरिएको पनि उनले बताए ।

 

 

लकडाउन सुरु भईसकेपछि अस्पतालहरुमा रगतको अभाव नहोस् भन्दै हालै रक्तदान कार्यक्रमको आयोजना गरिएको परिषद्का सहकोषाध्यक्ष राजेन्द्र कुँवरले बताए । परिषद्ले काठमाडौं महानगरपालिका-१६ को कालधारा, पकनाजोल, क्षेत्रपाटी र सोह्रखुट्टे क्षेत्रका सडक बालबालिका, ज्याला मदजुरी गर्ने मजदुर र भाडामा बस्नेहरुलाई बिहान बेलुका खानाको व्यवस्था गरिएको पनि कुँवरले बताए । हाल प्रत्येक छाक दुई सय जनासम्मलाई खाना खुवाइँदै आएको उनले बताए ।

पश्चिम ठमेल पर्यटन परिषद्का सदस्य एवं जुनेली नेपाल, साइक्लिङ ग्रुप तातोखाना, लकलन्सेस, काठमाडौं महानगरपालिका-१६ र अन्य दाताहरुको सहयोगमा प्रत्येक शनिबार राहत वितरण कार्य पनि गर्दै आइरहेको परिषद्का अध्यक्ष पाँडेले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...