YouTube Link

सनसिटी अपार्टमेन्टमा बस्‍ने सबैको कोरोना परीक्षण गरिँदै, दुई जनामा संक्रमण भएको पुष्टि

Facebook Link

काठमाडौं : पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैजनाको कोरोना परीक्षण गरिने भएको छ । अपार्टमेन्टको १५औँ तलामा बस्ने एकै परिवारका तीनमध्ये दुईमा कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो तयारी थालेको हो ।

गत चैत ५ गते बेलायतको लण्डनबाट आएर अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका तीनजना कोरोना भाइरसको शंकास्प दमध्ये २ जनाको पुष्टि भइसकेको छ । सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा तीनमध्ये ५८ वर्षीय पुरुष, ८१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । त्यसपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको हो ।

अन्य एक जनाको पहिलो परीक्षणमा पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू लण्डनबाट फर्किएपछि क्‍वारेन्टाइनमा बस्दै आएका थिए । मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्‍ने करिब ३ सय परिवारका सबैको परीक्षण आजैबाट सुरू गरिएको जनाएको छ । कोरोना पुष्टि भएपछि सनसिटी अपार्टेमन्टलाई प्रहरीले सिल गरिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...