सोमबारदेखि लामो दूरीका सार्वजानिक यातायात बन्द, निजी सवारीलाई नरोकिने
वि.सं.२०७६ चैत ९ आइतवार १९:१४
1.2K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनले चैत १० गतेबाट लामो दूरीका सबै यात्रुबहक सवारीलाई रोक्ने घोषणा गरेसँगै सोमबारदेखि ती सार्वजानिक यातायातहरु बन्द हुने भएका छन् । सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई भने नरोक्ने भएको छ ।
यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी सार्वजनिक सवारी रोकिने बताएका थिए । यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ ।
प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि गथित उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी चल्ने बताएका छन् ।
वि.सं.२०७६ चैत ९ आइतवार १९:१४



















