हेर्नुहोस् तपाईको आज २०७७ चैत ३१ गते मंगलबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७७ चैत ३१ मंगलवार ०७:१४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन अनुकुल रहनेछ । ग्रहहरुले सहयोग गर्नेछन, पारिवारिक तथा घरायसी सुख प्राप्ति, आत्मविश्वासमा वृद्धि, अनावश्यक खर्च, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबाट ग्रस्त हुनेहरुले विस्तारै मुक्त पाउनेछन । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति वा रमाइलो जमघट मा सरीक भइने, शारिरिक सुखमा ध्यान जाने, व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, अनावश्यक झंझटबाट राहत मिल्ने, कसै कसैलाई घरबाट बाहिर जानुपर्ने अथवा यात्रा पनि गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन अनुकुल नहुन सक्छ । पराक्रममा कमी । आलस्य बढने, नचाहेको ठाउँमा खर्च हुन सक्ने । धनको नोक्सानी, मान सम्मानमा कमी आउने वा कसैबाट मन दुख्ने अवस्था पनि आउन सक्छ, सन्तान पक्ष बाट तनावको स्थिति बन्न सक्छ । कसै कसैलाई कष्ट वा शोक पर्ने र कानूनी झमेला लाग्न सक्ने योग भएकोले सावधान रहनु पर्नेछ, स्वास्थ्य तथा खानपानको विशेष ध्यान दिनुहोला संक्रामक रोगको चपेटामा परिने सम्भावना रहेको छ , शारिरिक कष्ट, आँखा तथा अनुहारमा समस्या आउन सक्ने, व्यापार व्यवसायीहरुलाई लगानीको लागि दिन राम्रो छैन । वैदेशिक यात्रा वा विदेशमा विद्या आर्जनको लागि भने दिन शुभ रहने छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन प्रसन्न गराउने खालको दिन रहन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा चाहेका कुराहरु हुने वा बन्न थाल्ने, गरिएका प्रयासहरुले विविध लाभ दिनेछ । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा पाइने । उत्तम भोजनमा समय रम्न सक्छ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कुनै पनि नयाँ कार्य वा महत्वपूर्ण कार्य हुन सक्ने सम्भावना छ । प्रयास जारी राख्नु होला । व्यापार व्यवसायमा पर्याप्त लाभको योग छ, सन्तान सुख, स्त्री सुख वा भोग सोचे अनुरुप लाभ मिल्ने संकेत देखिएको छ । लगानीको लागि पनि समय राम्रो छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन राम्रो रहने छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्य स्थलमा सफलता मिल्नेछ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन ्,मान सम्मान, कदर वा बढुवा को सम्भावना छ । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्नेछन् । सार्वजनिक, राजनैतिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुन सक्छ छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने बच्नु पर्नेछ । परिवार भित्र कोही जेष्ठ नागरिक हुनुहुन्छ भने वहाँको स्वास्थ्यको ख्याल गर्नुहोला । चोटपटकको विशेष ख्याल राख्नु होला । विद्यार्थीहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा राम्रो उपलब्धि प्राप्त हुने योग छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, पारिवारीक समस्या, विवाद र झगडा आदि बाट जोगिनु पर्नेछ, सरकारी झंझट र बाधा ले मनमा तनाव दिन सक्छ, कुनै अपठ्यारो समस्याको सामना गर्नुपर्ने, सन्तान सँग मतभेद हुने अथवा सन्तानको स्वास्थ्यमा समस्या आउने, रोगव्याधिले सताउन सक्ने, बिशेषतः छाती, पेट सम्बन्धि पुरानो समस्यालाइ हेलचेक्रयाइ नगर्नुहोला । दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुन सक्ने, मान प्रतिष्ठा मा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले आज सावधान रहनु होला । लगानीको लागि आज दिन राम्रो छैन ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिकुल घटनाहरु हुने खालको दिन छ, सुखमा कमी, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिन सक्ने, समयमै कामहरु नबन्ने, खानपान नमिल्ने वा खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ, विशेष गरि रुघा खोकी, निमोनिया, श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनु पर्नेछ, नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुभएमा दिन तुलनात्मक रुपमा सुखद रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो छ । मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने दिन छ , भोग विलास र मनोरन्जन सुख, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धनलाभ वा वस्तु लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइने योग छ । विद्यार्थी वर्गहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसायमा लाभ मिल्ने अवस्था आएको छ । मिल्ने । नयाँ कार्यमा लगानी हुन सक्नेछ ।
दिन उत्साहजनक रहनेछ । आनन्दमय शुरुवात हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने, मान सम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरु सँगको सम्पर्क बढने सम्भावना छ । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ,। अनावश्यक खर्चमाथि भने ध्यान दिनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधानि अपनाउनु पर्ने दिन छ । निर्णयहरु गलत हुन सक्ने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्य हानी विशेषत पेट सम्बन्धि समस्या आउन सक्ने, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, कामुकता वा रसिकपना बढने, विद्यार्थीहरुको पढाइमा समस्या आउन सक्ने सम्भावना छ , व्यापारी तथा व्यवसायी वर्गहरुले विशेष सावधानी अपनाउनु होला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन अनुकुल छैन, निरर्थक चिन्ता र बेचैनीले सताइरहन सक्छ, कसैलाई विश्वास गर्न मन नलाग्ने, आफन्त वा नजीकका मान्छेहरुसँग मनमुटाव हुने, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने, शारिरिक कमजोरी महसुस हुने, छाती तथा श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, मौसमी रोगव्याधिले स्वास्थय खस्किन सक्छ, स्त्रि वर्गबाट भने सचेत रहनु होला, व्यवसाय तथा अफिसमा गतिरोधको सामना हुनसक्ला । लगानीलाइ समय अशुभ छ ।
दिन राम्रो रहनेछ, भाग्यले साथ दिने । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ, लगानीलाइ आज दिन राम्रो छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन प्रतिकुल रहन सकछ, मानहानी, धन संचितीमा बाधा आउने, अनावश्यक खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, आँखा वा अनुहारमा समस्या आउन सक्ने, खानपानमा समस्या देखा पर्ने, पढाइ लेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्न सक्छ । मनमा खराब प्रवृत्तिको विचार आउन सक्छ, साथै बोल्दा सचेत हुनुहोला ।