सावधानी अपनाउनुपर्ने दिन छ । कष्ट दिने, धनको हानी वा धनको दुरुपयोग, गराउने, आलस्य बढाउने, ईष्र्याको भावना आउने, प्रत्येक कार्यमा बाधा गराउने हुन्छ, सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, पितृविकार, नेत्रपिडा वा आफन्तव्दारा अनादर प्राप्त हुनसक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन सुखमय तरिकाले बित्नेछ, धन तथा मानसम्मानमा बृद्धि, कार्य सफलता, मित्रसँग समय बित्ने, स्थाइ बस्तुहरुको प्राप्ति, प्रेममिलनलाइ दिन राम्रो रहने, वैवाहिक तथा शैय्या सुखप्राप्ति, स्त्रि वर्गबाट सुख पाइने, उत्तम कार्यहरुको प्राप्ति, मिठो भोजन सहित रमझममा समय बित्नेछ, सन्तानहरुको उन्नति, शत्रुहरुबाट मुक्ति पाइने योग छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन प्रसन्न रहनेछ, कर्म गरे अनुसार फल पाइनेछ, चिताएको अधिकार प्राप्त हुने योग छ, आदर सम्मान पाइने, अरुप्रति उदार भइनेछ, कसैसँग मित्रताको भावना पलाउनेछ, स्वास्थयको ख्याल राख्नुहोला र नजीकको मान्छेबाट भने सतर्क रहनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सचेत रहनुपर्ने समय छ, स्वास्थ्य समस्या तथा शारिरिक कष्ट, विरक्त लाग्नेखालको वातावरण बन्न सक्छ, अनावश्यक धन हानी, शत्रुबाट अशान्ति हुने, आफूले मान्नुपर्ने मान्छेबाट अपमान हुनसक्ने सम्भावना छ, सन्तानलाइ कष्ट, भाइहरुसँग मतभेद, धातुहरुबाट चोट लाग्नसक्ने सम्भावना छ । सावधानी अपनाउनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल छैन, मन कमजोर हुनसक्ने र भयले सताउने, रोग र मानसिक चिन्ता बढन सक्छ, कलह वावादविवादको सम्भावना पनि छ, धन हानी, घाउ चोटपटक वा दुर्घटनाको योग रहेकोले सावधान रहनुहोला, खराब संगत वा खराब व्यक्तिहरुको कारणले समस्यामा पर्न सकिनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन शुभ रहनेछ । पूजापाठ अथवा धर्मकर्ममा रुचि हुने, धन वा महँगो धातु प्राप्ति वा खरिद हुने, शयन सुख, उत्तम भोजन, वस्त्र अथवा वाहन सुख, स्त्रि वर्गहरुसँग प्रेम हुने अथवा उनीहरुसँग समय बित्ने, आदर सत्कार र सम्मान पाइने, दाम्पत्य सम्बन्ध सुमधुर रहने, आफूभन्दा कम उमेरको मानिसबाट लाभ मिल्ने, व्यापार व्यवसायमा लाभको स्थिति बन्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख प्राप्त हुने दिनछ । समस्या, शत्रु र रोगबाट मुक्ति मिल्ने, धन लाभ हुनसक्ने, मन परेको मान्छेसँग भेटघाट हुने वा रमाइलो समय बित्नसक्छ, आँटेको काम पुग्ने, पारिवारिक तथा दाम्पत्य सुख उत्तम रहने, कार्यस्थलमा प्रशंसा प्राप्त हुने, व्यापारी व्यवसायीहरुलाइ लाभ हुने दिन छ, विद्यार्थीहरुलाइ समय उत्तम रहनेछ । लगानीको लागि दिन राम्रो छ ।
मानसिक खिन्नताले दिन अमिलो हुनसक्छ, बिनाकारण अलमलिने खालको समय छ, आर्थिक अभावले दुखि बनाउनसक्छ, आम्दानी ठप्प हुने, शोक पर्नसक्ने, कार्यमा विध्न बाधाहरु आउने । शत्रुले दुख दिनसक्ने, सोचेको आँटेको काम पुरा नहुने, स्वास्थ्यको विशेष ख्याल गर्नुहोला, पारिवारिक असमझदारी बढने अथवा अपमान हुनसक्ने भएकोले सावधान रहनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन असहज हुनसक्छ । सबैलाई अविश्वास गर्न मन लाग्ने, बन्धु बान्धवहरुलाई पीडा, कुटुम्बलाइ हानी हुने अथवा उनीहरुसँग असमझदारी बढनसक्छ, मानसिक तनाव बढनसक्ने, धनको हानी, कार्य असफलता, स्वास्थ्यमा तथा रोजगारमा पिडा, व्यवसायमा बिध्न बाधाको सामनागर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन उत्तम रहनेछ । धन, द्रव्य तथा वस्त्रलाभ, आँटेको काममा विजय प्राप्ति, गरेका कार्यले सुख र आनन्द दिने, मिठो खानपान, भोगविलास तथा स्त्रि सुखमा रमाइने योग छ, मानसम्मानमा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मित्रहरुबाट पाइने सुख र सहयोगले मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, व्यापार व्यवसायको लागि दिन शुभ रहनेछ, विद्यार्थीहरुको लागि समय उत्तम छ ।
ज्यादा परिश्रम गर्नुपर्ने हुनसक्छ, व्यर्थको विवाद तथा धन हानीले मानसिक असन्तोष बढने, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । पारिवारिक व्दन्दवा कष्टहुने योग छ, व्यर्थको विवादमा आज फस्न सकिने सम्भावना रहेकोले सचेत रहनुहोला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सकारात्मक विचार उत्साहले बित्नेछ । धन लाभ तथा कार्य सफलता, मिठो निद्रा वा शयनसुख, आफूले पाउनुपर्ने पद, अधिकार वा स्थानको प्राप्ति, लुगा कपडा सुगन्धित पदार्थ वा कस्मेटिक सामानहरु लिने वा पाइने योग छ, सन्तान, पत्नि अथवा मित्रहरुसँग सौहार्द वार्तालाप हुने अथवा रमाइलो जमघट हुने योग छ, व्यवसायमा फाइदा हुने तथा विद्यार्थीवर्गलाई समय राम्रो छ ।