अपरान्हपछि दिन राम्रो हुनेछ, शुभचन्द्रमाको दशा चलिरहेको छ भने शुभसमाचार आउनसक्नेछन, रोकिएका कार्यहरु प्रगति हुनेछ, विरोधीहरु परास्त हुनेछन्, कार्यसिद्धि, आर्थिकलाभ, आयस्रोत बढने, जागिर वा व्यवसायमा परिवर्तन खोजिरहनुभएको छभने समय उत्तम छ, कर्मक्षेत्रमा तँपाइको कदर हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गाजमिन सवारीसाधन खरीद गर्न साथै लगानीलाइ राम्रो समय छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
१२ बजेपछि भने मेहनत गरेअनुसार फल नमिल्ने, काममा जस नपाउने, मुद्दामामिला अथवा सरकारी कामहरुमा भयप्रद प्रतिकुलता आउनसक्ने, अचानक खर्चहुने, कुटुम्बसँग टाढिने अवस्था आउने, शारिरिक अस्वस्थता, पेटविकार, मानसिक अशान्ति, विवाद तथा असमझदारी बढनसक्ने हुनसक्छ, सचेत रहनुहोला, नयाँ व्यवसायको लागि दिन अनुकुल छैन ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपरान्हसम्म राम्रो भएपनि त्यसपछि समयअनूकुल नहुनसक्छ । कार्मिक, आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, कार्यमा बिध्नबाधा आउनसक्ने, निरर्थक श्रम हुनसक्ने, रोग र शत्रुले घात लगाउनसक्ने, हातहतियारबाट वा अन्य किसिमले चोटपटक लाग्नसक्ने, मानसिक छटपटिले सताउने, पारिवारिक असमझदारी बढने, धनहानी, कर्मक्षेत्रमा समस्या उत्पन्न हुनसक्ने, अनावश्यक खर्च, झगडा र विवादबाट बच्नुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अपरान्हपछि समय राम्रो रहनेछ । शुभग्रहको दशाले पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमिसुख, स्वास्थ यउत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेमसम्बन्धमा सुखद अवसर प्राप्तहुने, शैय्यासुख, दाम्पत्यजीवनमा आनन्दमय हुने, भोगविलास मनोरन्जनमा मन जान सक्ने । वस्त्र, वाहन या सौन्दर्य सामाग्रीहरु प्राप्तहुने अथवा खरीद हुने, धन लाभ हुने, रोकिएको कार्यहरु बन्नेछन । कार्यस्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
१२ बजेपछि दिन राम्रो रहनसक्छ । आर्थिकलाभ, मित्रसुख, शत्रुहरु पराजित हुने, कठोर परिश्रमबाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, उत्तम पारिवारिक तथा दाम्पत्य सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा शुभ समाचार आउने । कार्यस्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अपरान्हपछि भने सचेत हुनुपर्नेछ । सन्तान पीडा, बन्धुबान्धव तथा आफन्तजनसँग मनमुटाव हुनसक्ने, कार्य हानी, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडीपर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धनहानी हुनेयोग रहेकोले आज लगानी नगर्दा राम्रो, पेट सम्बन्धि समस्या आउनसक्छ, पारिवारिक द्धन्द बढनसक्छ, अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आरोप र झमेला हुनेखालको दिन हुनसक्छ, आत्मियजन तथा कुटुम्बबिच झैंझगडा वा कलह भइ मन अशान्त रहनसक्छ, दुखकष्ट बन्धन रोग र शत्रुको वृद्धि, आयमा कमी, मित्र तथा भाइहरुसँग वैमनस्यता बढने, पारिवारीक र दाम्पत्य सुखमा कमी, कलह, अभाव, भय, कार्यबाधा जस्ता अशोभनीय फल प्राप्त हुनसक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।
अपरान्हपछि दिन राम्रो रहनेछ । शुभचन्द्रमा र शनिको दशाले, आँट साहस बढने, धन वाहन प्राप्ति, कार्यमा सफलता, उत्तम गृहसुख, मन प्रसन्नहुने, छोटादुरीको यात्रा वा भ्रमणको योग पर्नसक्छ, आरोग्यताप्राप्ति, वस्त्रलाभ, मानसम्मान प्राप्ति । सुखद दाम्पत्यजीवन, मित्रसुख, शत्रु बाधाबाट मुक्ति, गोचरमा शुभग्रहको दशाले नोकरीमा पदोन्नति ल्याउनसक्नेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अपरान्हपछि दिन अनूकूल नहुनसक्छ । अहम्पनालाइ आज त्याग्नुहोला, आफन्त तथा बन्धुबान्धवबिच वैमनस्यता बढने अथवा पारिवारिक सुखमा कमि आउनेयोग छ, कार्यमा बिध्न बाधाहुने, व्यर्थको श्रम, खर्चमा बृद्धि, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । बल, साहस, तेज, संचित धन आदिमा नकारात्मक असर गर्ने योग छ, चित्त दुख्नेस्थिति आउनसक्छ । व्यवसाय र लगानीलाई समय प्रतिकूल छ, मनमा गलत विचारहरु आउन नदिएको खन्डमा दिन सुखद रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मध्यम खालको दिन छ । आम्दानी कम खर्च बढी हुने, वादविवाद, स्थानपरिवर्तन, बुद्धिविवेकले गलत निणर्य गर्ने, शारिरिक पिडा, आफन्तजनसँग विछोड वा मनमुटाव, कार्यमा असफलता, बन्धन, भय, अपमान, उदासीनता, अस्थिर मन जस्ता फलहरुप्राप्त हुन्छन । शुभचन्द्रमा छ भने भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फल दिन सक्छन ।
अपरान्हपछि दिनप्रतिकुल छ । घरपरिवार तथा कुटुम्बबाट मतभेद या विछोड गराउनसक्छ, प्रतिष्ठित वा जेष्ठ व्यक्तिसँग विवाद, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि, आर्थिक अभाव । मानसिक अशान्ति र छटपटि बढने । निर्णयहरु गलत हुनसक्ने, इष्र्याको भावना पलाउने आदि हुनसक्छन । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
१२ बजेपछि दिन राम्रोरहनेछ । शुभ समाचारहरु आउनसक्छन् । शरिरको कान्तिवृद्धि , आर्थिकलाभ । शत्रुनाश । मित्रबाट फाइदा । उत्तम वस्त्र तथा भोजनप्राप्ति । भोगविलासमा रुचि जाग्नेछ । आफैंले केही नयाँ गर्ने समय आएको छ । संचित धनमा वृद्धिको योग छ । आयस्रोतको नयाँबाटो फेला पर्नसक्छ, प्रयासगर्नुहोला । अडकिएका कार्यहरुले गतिलिनेछ । मानसम्मानमा बृद्धि, पद, सम्मानको प्राप्ति प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति । सन्तानको लागि खर्च हुनसक्नेछ । स्वास्थ्यको भने ख्यालगर्नुहोला ।