अशुभ ग्रहको दशा छ भने अस्थिरता ल्याउनेछ । मेहनत अनुसार फल पाउन गाह्रो बनाउने, शारिरिक अस्वस्थता र मानसिक अशान्तिले सताउने, घटना र परिस्थिती प्रतिकुल हुने अवस्था ल्याउनेछ, किचकिच, झमेला, कानुनी समस्या हुने समय चलिरहेकोले सावधान हुनुहोला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अशुभ ग्रहगोचरको दशाले अनिष्ट फलहरुको प्राप्ति हुनसक्ने, कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नुपर्ने देखिन्छ, धनको दुरुपयोग हुने, चोरी हुने वा अत्यधिक खर्च हुने योग छ । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुने योग छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ ग्रहको अन्तरदशा चलेको छ भने लाभकारक र सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने, दिन मनोरन्जन र रमाइलोमा बित्नसक्ने, धनलाभ हुने, आरोग्य प्राप्ति, मानसिक सन्तोष तथा दाम्पत्यजीवन सुखमय हुनेयोग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन उत्तम रहनेछ, शुभचन्द्रमाको दशा चलिरहेको छभने भाग्यले साथ दिनेछ, आर्थिक लाभ, शारिरिक निरोगिता, शत्रुमाथि विजयप्राप्ति, कष्टबाट मुक्ति, मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन राम्रो छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अशुभ ग्रहको दशा चलेको छ भने चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुनेछ, गरेका कार्यमा विध्न बाधाहरु आउने, अपमान सहनुपर्नेसम्मको अवस्था आउनसक्छ, मानसिक खिन्नताले आज दुखी बनाउनसक्छ, सकारत्मक सोच राखेर अघि बढेमा दिन सहज रहनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अशुभ चन्द्रमाको दशा चलेको छ भने सावधानी अपनाउनुपर्ने दिन छ । आफन्त तथा बन्धुबान्धवबिच वैमनस्यता उत्पन्न हुनसक्छ, शारिरिक पीडा, धनहानी वा धनसम्पत्तिमा विवाद । खर्चमा वृद्धि, मानसिक चिन्ता, रोगव्याधिले आक्रान्त पार्ने, मनमा डर लागिरहने अवस्था छ । कलहबाट बच्ने प्रयास गर्नुहोला, व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अनुकुल छैन ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिनामा शुभग्रहको दशा चलेको भने सोचेगरेको कार्यहरुमा सफलता मिल्ने, साहसमा बृद्धि, सानो तथा छोटो दुरीको भ्रमण हुनसक्ने, भौतिक सामाग्री खरीद वा उपहार प्राप्ति हुने, रमाइलो जमघट वा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवन सुमधुर रहने, शत्रुहरु डराउनेछन् । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ ।
नैतिक मूल्य तथा मान्यतामा ह्रास आउनसक्ने, धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण राख्न अति जरुरी छ नत्र धन संचयमा व्यापक कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । बोल्दा होश पुरयाउनुहोला । खानपानमा ध्यानदिनुहोला नत्र स्वास्थ्यमा गडबडी आउनसक्छ । लगानीलाई समय प्रतिकूल छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ, सकारात्मक विचार र उत्साहले मनोबलमा बृद्धि हुनेछ । भाग्योदयको समय चलेको छ प्रयास जारीराख्नुहोला, महत्वाकाँक्षी विचारहरुले साकार रुप लिनेबेला आएको छ । तँपाइको कदर अरुले गर्नेछन । कार्यस्थलमा लाभ, मानसम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अशुभ ग्रहको दशाचलेको छभने मानसिक अशान्ति, एन्जाइटी अथवा निद्राको समस्या आदि ल्याउनेछ, अनावश्यक खर्च, हानीनोक्सानीको सम्भावना भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ । गरेका कामको जस नपाउने, पराक्रममा कमी आउनेछ, विद्यार्थीहरुको लागि समय राम्रो, वैदेशिक शिक्षा तथा प्रतियोगिता परीक्षा आदिको लागि समय राम्रो छ । व्यापार व्यवसायमा लाभ हुने बेला छ, आयात निर्यात सम्बन्धि राम्रो रहनेछ ।
दिन सुखमय बित्नेछ । शुभचन्द्माको दशा चलेको छ भने शुभसमाचार आउनसक्छन । शरिरको फूर्ति बढने, आर्थिक लाभ हुनेछ । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा । उत्तमभोजन तथा भोगविलासमा रुचि जाग्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुनेयोग छ । आयस्रोतको नयाँ बाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला, पहिलेदेखि गरिरहेको तर अडकिएका कार्यहरुले गतिलिनेछ । आदर सत्कार मानसम्मानमा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । लगानीको लागि समय उत्तम छ, सन्तानको लागि पनि खर्चगर्ने समय आएको छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन शुभर हनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । कार्यक्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुराको शुभ समाचार आउनसक्नेछ । पिता वा पितातुल्य व्यक्ति अथवा सरकारी पक्षबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुने समय छ ।