समय अझै अनूकूल भइसकेको छैन । धन संचयमा बाधा, सम्पत्तिमा हानी, आर्थिक कष्ट, पारिवारिक सुखमा कमि, दाम्पन्य जीवनमा मनमुटाव । कुटुम्ब हानी, बोल्दा विचार पुरयाउनुपर्नेछ, खानपानको कारणले समस्या निम्त्याउने । आँटेको काममा झंझट बेहोर्नुपर्ने । मानहानी वा अपमान हुनसक्ने, अचानक विवाद उठने, मनमा कुविचारहरु आउनसक्छ, शत्रु बढने वा मित्रघात हुनसक्ने । शारिरिक पीडा, चोटपटक दुर्घटना, चिसोजन्य संक्रामक रोगले सताउने सम्भावना पनि छ । लगानीलाई समय प्रतिकूल छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय शुभता ल्याउने खालको छ । मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनुभएमा भाग्यले साथ दिने छ । सकारात्मक विचार र उत्साहले तँपाइको कर्मक्षेत्रको गतिरोध हटनेछ, लाभ तथा मानसम्मान प्राप्ति । उत्तम विचारहरुको नवीन योजना बन्ने योग चलेको छ । मिठो खानपानमा सरीक भइने । वस्त्र वा अन्य भौतिक वस्तु खरीद गरिने, मित्र तथा बन्धुहरुबाट सुख, शत्रुमाथि विजय, सन्तान पक्षबाट सुख । अविवाहितको लागि विवाहको प्रसंग चल्ने, परिवारको स्वास्थ्यस्थितिले भने चिन्ता ल्याउन सक्छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय बेलुकासम्म प्रतिकूलता दिने खालको छ, अनावश्यक खर्चमा वृद्धि । मानसिक अशान्ति र छटपटि हुने । पुरानो गुप्त रोग बल्झने, मुद्दा मामिला, पुलिस केस मानहानी तथा दुर्घटनाको सम्भावना भएकोले सावधानी अपनाउनुहोला । एलर्जी, चिसोजन्य संक्रामक रोगहरुबाट बच्नुहोला । विदेशसँग सम्बन्धित कामहरुबाट लाभ लिने बेला आएको छ, परिवारमा असमझदारीलाइ स्थान नदिनुभएमा दिन सुखद रहनेछ । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, विदेश यात्रा, प्रतियोगिता परीक्षा आदिको लागि दिन उत्तम रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेलुकी ५ बजेसम्म समय शुभ रहनेछ, सुखद समाचारहरु प्राप्त हुन सक्नेछ । धन लाभ हुने । शत्रु बाधा हटने । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा हुने । नयाँ लुगाकपडा खरीद तथा मिठो भोजन प्राप्ति । भोगविलासमा मन जानेछ । आफैंले नयाँ कार्यको शुरुवात गर्न मन लाग्नेछ, आयस्रोतको नयाँ बाटो खोज्न प्रयास गर्नुहोला । रोकिएका काम बन्न सक्छन । कर्मक्षेत्रमा सरुवा बढुवा चलेको छ भने सोचे अनुरुप पद, सम्मानको प्राप्तिको योग आएको छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेलुका सम्म दिन राम्रो रहनेछ । तँपाइको कामको कदर हुने वा सही मूल्याकंन हुने सम्भावना छ, कार्यक्षेत्रमा प्रशंसित हुनुपर्ने दिन छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा एकभन्दा बढी क्षेत्रमा हातहाल्नुपर्ने अवस्था आउन सक्छ, भूमि सुख, वाहन सुखको साथै पारिवारीक सुख प्राप्तीको योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयासले परिणाम राम्रो दिने छ । पारिवारिक झमेला र विवादमा भने नफस्नुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय प्रतिकूल छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग विवादको स्थिति बन्नसक्ने । चल, अचल सम्पत्ति सवारीसाधन खरिदलाइ समय प्रतिकुल छ । विनाकारण भ्रमण हुने योग छ । पार्टनरशीपमा मनमुटाव आउनसक्छ । दाम्पत्य सुखमा तनाव बढने । अविवाहितहरुका लागि प्रेमप्रसंगमा व्यस्त हुनेछन । आज नयाँ लगानी नगर्दा बेश । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने समय सही छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सावधान हुनुपर्ने दिन छ । धन संग्रहमा बाधा देखिएकोले अनावश्यक खर्चबाट जोगिनुपर्नेछ, पारिवारीक झमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना बेलुकासम्म यथावतै छ । गलत व्यक्तिहरुको संगत र सम्बन्धबाट सावधान हुनुहोला । दाम्पत्य तथा प्रेमप्रसंगको लागि समय अनुकुल छ । व्यवसाय तथा लगानीको लागि आज समय राम्रो छैन । बोल्दा हेक्का राख्नुभएको खन्डमा दिन सहज रहनेछ ।
समय राम्रो छ । बेलुकासम्म सोचेका कुराहरुको प्राप्तिले सुखद अनुभुति गराउन सक्नेछ, यात्रा वा भ्रमणको योजना बन्ने, धन लाभ तथा गरेका कार्यहरु समापनतिर जाने, वा नयाँ काममा संलग्न भइने सम्भावना छ । पार्टनरशीप व्यवसायमा सफलता पाइने, पारिवारिक सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, उत्तम भोजनको अनुभव, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने खालको दिन छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । धन लाभ, ऋण प्राप्ती, परिक्षा प्रतियोगीतामा विजयश्री हुने । नयाँ कार्य वा लगानीलाई बेलुका ५ बजे अगावै सम्पन्न गरिसक्नुपर्नेछ, सन्तान पक्षको भने ध्यानदिनुहोला, गलत व्यक्ति र सम्बन्धबाट जोगिनु नत्र भविष्यमा ठूलै समस्या निम्तिने छ । मन अत्यधिक अशान्त भइ विवेकले काम नगर्न सक्छ । बेलुकासम्म जागिरेहरुले सावधानी अपनाउनुपर्ने अवस्था छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन अझै प्रतिकूल छ । कार्यमा बाधा आउने वा कष्टकर भ्रमण हुनुसक्ने । विद्यामा समस्या आउने । मानसिक परेशानी वा तनावको सम्भावना, आफनो र सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला, धन खर्च गर्दा वा लगानी गर्दा होश पुरयाउनुहोला, व्यर्थको विवाद र नयाँ लगानीबाट आज बच्नुहोला, विदेशमा उच्च शिक्षाको लागि प्रयास गर्नलाइ भने दिन राम्रो छ ।
समय बेलुकासम्ममा अनुकुल बन्ने भएकोले अपरान्हसम्म सावधानी अपनाउनुहोला, आफनो स्वास्थ्यमा ध्यान दिने, अनावश्यक खर्चबाट जोगिने र नजीककासँग हुने असमझदारीलाइ बेलुका ५ बजेसम्म थाँती राख्नुहोला, नयाँ लगानी र नयाँकार्यको लागि आज दिन प्रतिकुल छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन मध्यम रहनेछ । धन लाभ, शारिरिक आरोग्यता प्राप्ति । कुनै कार्यले प्रशंसित भइने । मनमा नयाँ योजना बन्न सक्छ । दाम्पत्य जीवनमा सुखद हुने, मित्रहरुले सहयोग गर्नेछन, विद्यार्थीहरुको लागि पढाइलेखाइमा सफलता मिल्नेछ । आफूभन्दा कम उमेरकोसँग विवादबाट जोगिनुहोला । गुप्त शत्रुबाट भने बच्नुपर्ने दिन छ ।