शुभ चन्द्रमाको दशा अन्तर दशा चलेको छ भने सुख र आनन्द प्राप्त हुने, भाग्यले साथ दिने, रोग व्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कारको साथै मित्र तथा स्त्रि वर्गहरुको सहयोग पाइने, समय भोग विलास र रमाइलोमा बित्न सक्नेछ, तर शनि र गुरुको दशा छ भने धनको अभाव हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन अनुकुल छैन, खर्चमा बृद्धि, शारिरिक कष्ट, मानसिक अशान्ति, धन तथा मान सम्मानको हानी, निरर्थक धपेडी हुने, आर्थिक नोक्सानी हुने, सन्तानको तर्फबाट सुख नपाइने, आँखा सम्बन्धि समस्या आउन सक्ने, घमन्डले अप्ठयारो पर्न सक्छ, लगानीलाइ आजको दिन राम्रो छैन ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मन प्रसन्न रहनेछ, शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा वृद्धि हुने, व्यापारमा पर्याप्त लाभ, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिलावर्गबाट लाभ अथवा स्त्री सुख वा भोगविलासमा समय बित्न सक्नेछ । लगानीको लागि समय राम्रो छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन शुभ रहनेछ । ईच्छित फल पाउने बलियो सम्भावना छ । शारिरीक निरोगीता, उत्तम भोग विलास, भौतिक संशोधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो, व्यवसायी वर्गलाइ दिन राम्रो । यात्रा गर्दा भने सचेत रहनुपर्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितीको अगाडि विवश हुनुपर्ने अवस्था आउन सक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्य हानी अथवा सन्तानसँग मतभेद हुन सक्ने, स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ, राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या निम्तिन सक्छ, भय र अपमानको वातावरण बन्न सक्छ, व्यवसायमा हानीको सम्भावना छ । शत्रुहरुबाट सावधान रहनुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज सुख नपाइने खालको दिन छ, स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ, भोजनमा ध्यान दिने र खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनैपनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला , निरर्थक भयले ग्रसित हुने, दुखकष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन रमाइलो रहनेछ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थय, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन वा रति सुख माध्या नजान सक्नेछ, दाम्पत्य सुख मिठो रहनेछ, लाभकारक एवम सुखदायी बसाइ हुने दिन छ, फाइदाको लागि घर बाहिर बस्नुपर्ने अवस्था पनि आउनसक्ने अथवा छोटोखालको भ्रमण हुने योग देखिएको छ, व्यापार व्यवसायमा लाभको समय चलेकोछ, स्त्रि वा बन्धु बान्धवसँगको कलह र विवादबाट भने टाढै रहनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन राम्रो रहने छ । शत्रुहरुबाट मुक्ति पाइने, समस्याहरुबाट छुटकारा मिल्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, शत्रुहरु माथि विजय प्राप्ति, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । यश र आनन्द प्राप्ति, व्यापार व्यवसायलाई दिन सफल रहने छ । खर्चमाथि नियन्त्रण गर्नुपर्नेछ, गलत व्यक्तिहरुबाट भने टाढा रहनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मन अशान्त रहन सक्छ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला, शत्रु जनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, निर्णयहरु गलत हुनसक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दामुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्छ, कार्यस्थलमा सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन अनुकुल छैन, आफन्त तथा नजीकका मान्छेहरुसँग मनमुटाव हुने, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने, कसैलाई विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीलेग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, छाती सम्बन्धिस मस्या उत्पन्न हुनसक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, चिसोले स्वास्थय खस्किन सक्छ, तरल पदार्थ तथा स्त्रि जातिबाट भने सचेत रहनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्य बलियो हुने दिन छ, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्न सक्ने, लुगा कपडा वा अन्य भौतिक वस्तुको प्राप्ति, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुहरुबाट मुक्त भइने, गरेको कार्यहरुबाट मान, प्रशंसा आदर पाइने, प्रेमिहरुलाई चिताए अनुसार हुने, कार्यमा भने अवरोध आउने अथवा विलम्ब हुन सक्नेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मानसिक चिन्ता पर्ने खालको समय छ, संचित धन खर्च हुने, बन्धुजनसँग मनमुटाव हुने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, आँखा, दाँत वा अनुहार सम्बन्धित समस्या हुन सक्ने, बोल्दाखेरी सोचेर बोल्नुहोला, गरेका कामहरुमा बाधा आउने, पापकर्मतिर मन जान सक्ने, पढाइ लेखाइमा मन नजाने, व्यापार व्यवसायमा समस्या आउने भएकोले सचेत रहनुहोला ।