परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ । चिताएका काममा ढिलासुस्ती हुन सक्छ । अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला । व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ । बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ । मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला । आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन् । स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ । सहयोगीहरू पछि हट्न सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । समयमा सजग नहुँदा काममा अवरोध आउन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्नेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा आफन्तको साथ जुट्नेछ । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । लामो यात्रा व्यवस्थापनका लागि केही रकम खर्च हुने समय छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।
नेपाली पात्रोबाट साभारः – उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)