YouTube Link

काठमाडौंमा खुल्यो ‘स्काई वाक’ जाने हैन त मज्जा लिन ?

Facebook Link

 

काठमाडौ: वन्डर्स ग्रुप प्रा.लि.ले सञ्चालनमा ल्याएको ‘स्काई वाक’को मज्जा शुक्रबारदेखि काठमाडौंस्थित कमलादीमा लिन पाइने भएको छ । यो दक्षिण एसियाकै अग्लो स्काई वाक टावर रहेको कम्पनीको दाबी छ ।

 

टावरको २२औं तल्लामा रहेको स्काई वाकको मज्जा लिन सर्वसाधरणले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ भने ८० वर्षदेखि ३ फिटसम्म उचाइ भएकालाई निशुल्क र ७० देखि ८० वर्षसम्मकालाई ५ सय रुपैयाँमा टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ   स्काई वाकबाट ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृष्य अवलोकन गर्न पाइने पनि कम्पनीले जनाएको छ ।

 

स्काइ वाक टावरको परियोजना १३ रोपनी २ आना जग्गामा फैलिएको छ । ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गर्न सकिनेछ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हुनेछ । यो परियोजना करिब २ अर्ब लगानीमा बनेको हो ।

 

२५ तल्लामा रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिनेछ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

 

टावरको २५औं तला साहसिक तला हो । त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ भने त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुनेछ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिन सक्ने अपेक्षा गरिएको छ ।

 

स्काइ वाक मार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुनेछ । साहसिक खेल खेल्न रुचाउनेहरूका लागि थप मज्जा यस स्काई वाकले दिनेमा कम्पनी विश्वस्त रहेको छ । यहाँ एकै पटकमा ५ सय मानिस अट्ने कम्पमीले जनाएको छ ।

 

करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिनेछ । यस्तै एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

 

टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको रहेको छ भने उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको कम्पनीले जनाएको छ । टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् ।

 

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ । जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने कम्पनीले जनाएको छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान भने शुल्क लाग्ने छैन ।

 

स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।  यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

 

कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष पोखरेल सहित, तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छन् भने यस परियोजनामा करिब ५ दर्जन व्यक्तिहरूको लगानी रहेको जनाईएको छ ।

 

जापानमा इन्जिनियरिङ अध्ययनपछि हालको वन्डर्स ग्रुप प्रा.लि. का अध्यक्ष आकर्षण पोखरेलले नेपालमा स्काइ वाक बनाउने सोच बनाएर नेपाल आएर परियोजनाको काम अगाडि बढाइएका थिए । स्काइ वाकको डिजाइन रिपल कम्पनी र त्यहाँका इन्जिनियर किरण आचार्य र क्ले कन्सल्टेन्सीका जियोटेक इन्जिनियर उदायराज न्यौपानेले गरेका हुन् ।

 

यस कम्पनीका समूहले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको जनाएको छ । यस्तै लुक्लादेखि चेदिङसम्म ५ किलोमिटरको दूरीमा केवलकार सञ्ञ्चालन गर्न समेत यो समूहले अध्ययन गरिरहेको बताईएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...