YouTube Link

नेचासल्यान गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट शम्भुहरि बास्तोलाको दाबी

Facebook Link

 

सोलुखुम्बु: नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट  शम्भुहरि बास्तोलाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

 

नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बास्तोलाले गाउँपालिका अध्यक्षमा उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन् ।

 

उम्मेदवारी घोषणा पश्चात नेता बास्तोलाले नेचासल्यान गाउँपालिको समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

 

नेपाली कांग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु महासंघको केन्द्रीय अन्तर्राष्ट्रिय समितिको महासचिव समेत हुन् ।

 

दुईदशक अगाडिदेखि समाजसेवा, राजनीति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा सक्रिय बास्तोला विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पार्टीमा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

 

वि.सं. २०७० को संविधानसभा सदस्य निर्वाचनमा बास्तोला संविधानसभा सदस्यको लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका थिए ।

 

नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका संयोजक बास्तोला बौद्धिक एवं लोकप्रिय नेताको रूपमा स्थापित छन् ।

 

गाउँपालिकाको भौतिक पुर्वाधारको विकास सँगसँगै कृषिको आधुनिकीकरण, ब्यवसायीकरण, बजारीकरण गर्ने, मौलिक संस्कृति एवं पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार, यातायात, सिचाइ र खानेपानीको विषयलाई प्राथमिकतामा राखी स्थानीय स्तरमै दक्ष जनशक्तिको विकास एवं रोजगारीको सिर्जना गरी आत्मनिर्भर र सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...