YouTube Link

अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान

Facebook Link

काठमाडौं : अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आह्वान गरेको छ । निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन आह्वान गरेको हो।

 

महासङ्घले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गरेको हो ।

 

यस कार्यमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

 

देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ ।  ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो ।

 

कोभिड–१९- को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासङ्घले जनाएको छ ।

 

नेपाल प्रहरीले २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर वितरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...