अस्ताईन सांसद पहाडी
वि.सं.२०७७ असोज २८ बुधवार १२:०५
1.6K
shares
काठमाडौ : लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पिडित संघीय संसद प्रतिनिधिसभाकी सदस्य सानु सिवा पहाडीको निधन भएको छ ।
आज बुधवार सांसद पहाडीको निधन भएको हो। सांसद सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको परिवारले जनाएको हो।
दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केहि समय केहि मृगौला प्रत्यारोपण गरिएको थियो । उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी थिईन ।
ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मघर बनाएकी पहाडी सांगितिक क्षेत्रमा निकै अब्बल मानिन्थिन्।
वि.सं.२०७७ असोज २८ बुधवार १२:०५




















