भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला
वि.सं.२०७७ भदौ २६ शुक्रवार २२:४४
2.4K
shares
काठमाडाैं: भक्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा एक घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको छ । घरको प्रत्येक तलामा शव फेला परेको हो।
उक्त घरमा ३६ वर्षीय बुवा सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी सहित घरमा पालेको कुकुर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
दुईवटा शवमा किरा परेर गन्हाउन थालेको र बुवाको शव चाही केही फ्रेस जस्तो देखिएकाे र घटना शंकास्पद भएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान व्युरो(सिआइबी) टोली परिचालन गरिएको छ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार २२:४४


















