कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

वि.सं.२०८२ भदौ १७ मंगलवार १४:००
330
shares
राजेन्द्र महतो
अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल
अधिकार र पहिचानको आन्दोलनमा विगत ३५ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय व्यक्ति हुन् राजेन्द्र महतो । उनले खासगरी मधेश केन्द्रित रहेर यति लामो सयम अधिकार र पहिचानको निम्ति जीवन मरणको आन्दोलनमा आफूलाई समर्पित गरेका छन् । तर, पछिल्लो समयमा आएर आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेर मुलुकलाई निकास र विकास गर्ने भनिरहेका छन् । साथै उनले मुलुक वैचारिक र सैद्धान्तिक रूपमै बन्न नसकेको र अब आफूहरूले स्वदेशवादलाई अघि सारेर राष्ट्रिय हितको संरक्षण गर्ने भनिरहेका छ्न । उनै महतोसँग मुकुन्द कालिकोटेले लिएको अन्तरवार्ताको सम्पादित अशः
– राष्ट्रिय मुक्ति पार्टी नेपाल कुन पृष्ठमूमिबाट जन्मियो ?
मैले आजभन्दा ३५ वर्षपहिले राजनीति सुरू गरेको थिएँ । मेरो राजनीति सद्भावना पार्टीबाट अधिकार र पहिचानलाई मुख्य मुद्धा बनाएर सुरू गरिएको हो । यो ३५ वर्षको समयमा विभिन्न आरोह अपरोह पारगर्दै यहाँसम्म आइपुगिएको हो । यसबीचमा मैले अधिकार र पहिचानको निम्ति सडक, सदन र सरकारमा रहेर निरन्तर आवाज उठाएँ । तर, भैदियो के भने, सबै क्रान्ति, आन्दोलन र संघर्षहरू अधुरा रहे । मधेश केन्द्रित रहेर भए गरिएका संघर्षहरूले उठाएका आवाजहरू राज्यले सम्बोधन गर्न सकेन । उत्पीडनमा परेका आदिवासी, जनजाती, थारू, महिला, दलित, मधेशी सबैले आफ्नो अधिकार र पहिचानको लडाईँ भए, तर सफल भएनन् । यसरी हामिले देशमा एकीकृत आन्दोलनको आवश्यकता छ भनेर निष्कर्ष निकाल्यौँ । उत्पीडनमा परेका हिमाल, पहाड, तराई र मधेशका जनताहरूले संयुक्त रूपमा संघर्ष गरेन भने यो मुलुकले न्याय पाउदैन भन्ने लागेर हामीले नयाँ दल खोलेका हौँ ।
– राष्ट्रिय मुक्ति पार्टी नेपालको विचार र सिद्धान्त के हो ?
हाम्रो पार्टी न त पूजिँवादी हो, न यो कम्युनिष्ट पार्टी हो । यी विचारले मुलुक बन्दैन भन्ने हाम्रो निश्कर्ष हो । अर्को कुरा नेपाल बहुल राष्ट्रिय मुलुक हो भन्ने हाम्रो भनाई हो । हाम्रो विचार स्वदेशवाद हो । जुन नेपाली माटोको विचार हो । यो कुनै आयातित विचार होइन । नेपाली माटोको विचार हो । मुलुक कम्युनिष्ट र काँग्रेसको विचारले बनेन । साथै आम नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने देश किन र कसका कारण बनेन ? राणा शासन, राजतन्त्रमा बनेन । तर, २०४६ सालपछि त करिब हाम्रा दलहरूले शासन गर्न थालेका हुन् । बहुदलीय लोकतन्त्रमा देश बनेन । अहिले आएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ । यस शासनकालमा पनि देश बनेन भन्नै छ । हामीले सात वटा त संविधान लेख्यौँ । विश्वको महाशक्ति राष्ट्र अमेरिका एउटै संविधानले बनेको छ । छिमेकी देश भारत ७० वर्षदेखि एउटै संविधानमा चलेको छ । हाम्रा सात सातवटा संविधानले न त जनतालाई अधिकार र पहिचान दियो, न मुलुकलाई समृद्ध बनायो । यस्ता तमाम कुराहरूलाई समिक्षा गरेर अघि बढ्नुपर्नेछ । नेपाल जसरी बन्यो, त्यसअनुरूप मुलुक चल्न सकेन । पृथ्वीनारायण शाहको एकीकरणमा विमती होला । तर, नेपाल भन्ने देश बन्यो । पहिचान त पायो । जन जगमा नेपाल निर्माण भयो, त्यो अनुसार पनि शासन सत्ता सञ्चालन भएन । सबै पहिचानवादी र सबै राष्ट्रियताहरू मिलेपछि नेपाल बन्ने हो ।
आजको जुन नेपाल छ, यो बन्नुभन्दा पहिले आफ्नै पहिचानका राज्यहरू थिए । राइ, गुरूङ, मगर, बाहुन, जनजाती, क्षेत्री, दलित, महिला, थारू, मधेशी सबै एउटा ठाउँमा उभिएपछि यो देश बनेको हो नि । दुःखद के भयो भने, नेपाल बहुलता र विविधताका आधारमा निर्माण भयो तर, शासन एकल भयो । एक पहिचान र एक राष्ट्रको सिद्धान्तमा नेपाल बनेको होइन ।
आजको जुन नेपाल छ, यो बन्नुभन्दा पहिले आफ्नै पहिचानका राज्यहरू थिए । राइ, गुरूङ, मगर, बाहुन, जनजाती, क्षेत्री, दलित, महिला, थारू, मधेशी सबै एउटा ठाउँमा उभिएपछि यो देश बनेको हो नि । दुःखद के भयो भने, नेपाल बहुलता र विविधताका आधारमा निर्माण भयो तर, शासन एकल भयो । एक पहिचान र एक राष्ट्रको सिद्धान्तमा नेपाल बनेको होइन । विभिन्न पहिचान, एउटा राष्ट्र नेपाल हो । त्यसैले पृथ्वीनारयण शाहले विविध फूलहरूको साझा फूलबारी हो भनेर भनेका थिए । उनी पछिका कुनै पनि शासकहरूले मुलुकलाई राम्रोसँग चलाउन सकेनन् । १०४ वर्षसम्म राणाहरूको शासन चल्यो । त्यसमा पनि ए ग्रेडका राणाहरूले शासन चलाए । त्योबेला विविधता र बहुलाको कुरा हुने सम्भवना रहेन । त्यसपछि राजा महाराजाहरू आए । उनीहरू झन् वंशिय बने । तर, दुभाग्य के भैदियो भने २०४६ सालको परिवर्तनपछि पनि एकल चिन्तनबाट मुलुक चलाउने कामभयो । नश्लभित्रका पनि केही मुठ्ठिभरका मानिसहरूले शासन चलाइरहेका छन् । जस्तो केपी ओली जस्ता मान्छेहरूले शासन चलाइरहेका छन् । यसको अर्को उदारण भनेको विद्यमान संविधान हो । यो संविधान जनताको संविधान होइन । जुन संविधान बन्दैगर्दा नश्लवादी (कांग्रेस, एमाले, माओवादी) हरूले गोली ठोकेका होइनन् ? यसरी हामीले अधिकार र पहिचानको संघर्ष गरेका थियौँ । तर, राज्यले ती संघर्षहरूलाई स्वीकार गरेन । नेपाल सबै नेपालीका निम्ति बन्नै सकेन । अपाकृतिक रूपमा शासन चलाउने गरियो । एउटा समस्या यो हो ।
अर्को कुरा यो देशलाई बहुराष्ट्र राज्य बनाउनका निम्ति र सबै नेपाली बनाउनका निम्ति स्वदेशवादको मूल्य मान्यता आवश्यक छ । हामीले संघर्ष र विद्रोहको कार्यादिशा अघि सारेका छौँ । जसको एउटै लक्ष्य र उद्देश्य भनेको नेपाल सबै नेपालीको बनाउने हो । अधिकारवादी र पहिचानवादी सबै मिलेर यस्तो मुलुक निर्माण गर्ने सोचेका छौँ ।
– तपाईंहरूले अघि सारेको संघर्षको रूप कस्तो हुन्छ ?
शान्तिपूर्ण संघर्ष हुनेछ । अर्को कुरा नेपाल नबन्नुमा दर्शनको पनि कमजोरी छ । पूँजिवादी र कम्युनिष्टको मूल्य मान्यताका शासन भइरहेको छ, यो पनि अपाकृतिक हो । माक्र्स, लेनिन, माओका सिद्धान्तहरू यो धर्तीको उपज होइन । ती विचारहरू पश्चिमा सभ्यतामा जन्भिएका विचार हुन् । ती विचारको आधारमा यहाँ शासन भइरहेको छ । यो देश कसरी बन्छ ? यो मुलुक पश्चिमा सभ्यताको होइन, यो त पूर्वीय सभ्यतामा उभिएको मुलुक हो । हाम्रो मूल्य र मान्यता विपरितका दर्शन र विचारबाट मुलुक सञ्चालन गर्दा यो देश कसरी बन्छ ? यो देशको शासन असफल हुनुको महत्वपूर्ण कारण भनेको पश्चिमा दर्शन पनि हो । यो देश चलाउनका निम्ति हाम्रै सभ्यता र संस्कृतिबाट प्राप्त ज्ञान आवश्यक छ । यो भनेको प्राकृतिक कुरा हो । प्राकृतिक रूपमा हामीले शासन गरेको खण्डमा मुलुक बन्छ । जो हाम्रो दर्शन र विचार हो, त्यो दबाउने र जनु हाम्रो विचार होइन, त्यसको आधारमा शासन गर्ने भनेपछि कुरा मिल्दैन । साँस्कृति र सभ्यताको क्रान्तिका निम्ति पूर्वीय दर्शनमा आधारित हाम्रो आफ्नै स्वदेशवाद हाम्रो पार्टीको विचार हो ।
अर्को कुरा हाम्रो देश विश्कै उदारणीय देश हुनुपर्ने । हाम्रो देश प्राकृतिक बरदान प्राप्त देश हो । दुनियाँकै सम्पन्न देश हुनुपर्ने, दुनियाँकै कंकाल देश बन्यो । हामीले खाली राजनीतिको मात्रै कुरा गरेका छैनौँ । अधिकार, पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक पक्षहरूको पनि कुरा गरेका छौँ । यसका निम्ति सबै मिलेर संघर्षको वातावरण बनाउनुपर्छ ।
– अशोक राईसँग कार्यगत एकता गर्नुभएको छ, पार्टी एकता कहिले हुन्छ ?
पार्टी एकताको चक्करमा फस्नु हुन्न भन्ने मान्यतामा छु । अहिले नै पार्टी एकताको प्रक्रियामा जानु हुँदैन । हाम्रो विचार मिल्छ भने अहिले कार्यगत एकता गर्ने हो । सहकार्य गरेका छौँ । काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । पार्टी एकीकरण नै भइहाल्यो भने त राम्रो भइहाल्यो । यदि पार्टी एकीकरण हुँन सक्दैन भने विचार, भावना र संघर्षका बारेमा मुद्धा मिलेका छन् भने सहकार्य गरेर अघि बढ्नुपर्छ । यो अवस्थाको सुरूवात हामीले गरेका छौँ । हामीले पार्टी एकीकृतभन्दा पनि सहकार्यको नीति लिएका छौँ । आउदा दिनमा हामीसँग विचार मिल्ने थुप्रै पार्टीहरूसँग सहकार्य र कार्यगत एकता गर्नेछौँ । परिवर्तन चाहने सबै तप्का मिल्नुको विकल्प छैन । कांग्रेस कम्युनिष्टहरूको विकल्प जनताले खोजेका छन् । आगामी चुनावसम्म (२०८४) देशमा ठूलो संघर्ष हुन्छ । विद्रोह हुन्छ । हामी यस अभियानमा जुटेका छौँ ।
– भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई ब्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको छ, यसलाई कसरी हेर्नु भएको छ ?
मैले चुच्चे नक्सा छाप्दाखेरी भनेको थिएँ, यो नक्सा ल्याएर मात्र हुँदैन । यसमा कसले राष्ट्रघात गर्यो । ती व्यक्तिलाई खोज र टुँडिखेलमा झुण्ड्याउ भनेको थियो । नेपाली जनताहरूले पटकपटक धोका खाएको विषय मध्येको एक यो पनि हो । यी कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् । त्यो बेला पनि केपी ओली प्रधानमन्त्री थिए, अहिले पनि उनै छन् । नक्सा छोपेर भयो, त ? काम गर्नुपर्दैन । खाली जनतालाई झुट र भ्रमको खेतीमा राख्ने । कुटनीतिक वार्ताबाट समस्या समधान गर्नुछैन । सस्तो लोकप्रियताको लागि काम गर्ने ? यी राष्ट्रघाती हुन् । त्यत्तिकै मैलै झुण्ड्याउनु पर्छ भनेको होइन । महाकाली सम्झौता गर्दा मुहानको खोजी गरेको भए यो समस्या त्यही बेला समाधान हुन्थ्यो । तर, अहिले भारत र चीनले जुन सहमति गरेका छन् । यसको समाधान भनेको पनि वार्ता र संवाद नै हो । कुटनीतिक पहलबाटै हो । यसको विकल्प छैन । हाम्रा प्रमाणहरू स्पष्ट रूपमा राख्नुपर्छ । हाम्रो सीमा बचाउने काम राज्यको हो । हाम्रो त्यसमा साथ रहन्छ । यहाँ त भ्रष्टचार गर्न, अन्याय गर्न, दलाली गर्न राज्य सक्रिय छ । देश र जनताको रक्षाका निम्ति राज्य हुनुपर्ने होइन ।
– तपाईंले राष्ट्रिय पार्टी निर्माण गर्ने योजनाका साथ पार्टी निर्माण गर्नुभएको छ, तर, तपाईंका पूर्वसहकर्मीहरूले तपाईंलाई नै धोकेवाज भन्छन् नि ?
होईन, हामीले ३५ वर्षसम्म प्रयास गरियो । यसरी पसल ससाना पसल थापेर हुँदैन भन्ने लाग्यो । म यो अवस्थामा आइपुगेको हुँ । अधिकार र पहिचानका निम्ति दोकानदारी चलाएर हुँदैन । अब राष्ट्रिय जागरणका निम्ति हामीले यो पार्टी निर्माण गरेका हौँ । हाम्रो पार्टी देश बनाउनका निम्ति गठन गरेका छौँ । हामीले अघि सारेको विचार, दृष्टिकोणबाट देश र जनताको रक्षा हुन्छ भन्ने कुरा आम जनतालाई भन्न चाहान्छु । यी कांग्रेस कम्युनिष्टहरूले देश बेचिरहेका छन् । यी राष्ट्रघातीहरूले केही गर्दैनन् । अहिलेसम्म केही गरेनन् । यीनीहरूका विरूद्ध नेपाली जनताहरू साहसका साथ माथि उठ्नुपर्छ । यीनीहरूसँग देश बनाउने चिन्तन छैन । यहाँ ढाकछोप गर्ने चलन छ । यसरी त देश बन्दैन नि त ।
अर्को कुरा जनता भनेको न्यायकर्ता हो । कांग्रेस कम्युनिष्टहरूले कार्यकर्ता बनाइदिए । देशका जनता हुनुपर्ने यहाँ त कांग्रेस, कम्युनिष्ट कुनै अर्को पार्टीको जनता बनाइयो । स्थानीय तहको चुनाव पनि पार्टीकै आधारमा गराउछन् । प्रदेश र संघको चुनाव पार्टीको आधारमा हुनुपर्छ । तर, स्थानीय चुनाव त पार्टीको आधारमा गर्नुहुँदैन । जनतालाई निश्पक्ष ढंगले चिन्तन गर्ने र स्वतन्त्र रूपमा सोच्ने अधिकारसमेत दिएका छैनन् । सरकारले गलत गर्यो भने त्यसलाई बदल्न सक्ने भनेको जनता हो । त्यो त सम्भावना नै समाप्त पारिदिएका छन् । यो देश त्यसै बिग्रको हो त । नेपाली जनताहरू निर्णय लिन सक्ने, दण्डित गर्नसक्ने अवस्थामै छैनन् । पार्टी सदस्य बाढेपछि जयजयकार गर्नुपर्ने भयो । आज आएर हामीले के देखेका छौ भने जनताहरूको होस् खुलेको छ । देश यसरी बन्दैन भन्नेमा स्वयं जनतासमेत पुगेको देखिन्छ । हिजो पार्टीको झण्डा र सदस्यमा गर्व गर्ने जनताहरू आज खिन्न छन् । आज जनताहरू विकल्पको खोजिमा छन् । जनताहरूले परिवर्तन खोजेका छन् ।
– त्यो भनेको के हो ?
त्यो भनेको कुनै व्यक्ति र अनुहोर परिवर्तन होइन । विचारको परिवर्तन हो । व्यवस्था त पटकपटक बदलेकै हो । तर, देश र जनताको अवस्थामा परिर्वतन आएन । विचारसहितको विकल्प जनताले खोजेको हो । यहि विचारसहितको विकल्प हामीले दिनेछौँ । हामीलाई जनताले विश्वास गर्नुपर्छ । अब यो आन्दोलनमा जनताहरू हिम्मतका साथ अघि बढ्छ । जसको नेतृत्व हामीले गर्छौं ।
{साभारः सडक सदन साप्ताहिकबाट}

वि.सं.२०८२ भदौ १७ मंगलवार १४:००