YouTube Link

बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र छपाइ गर्ने, स्मार्ट कार्ड खरिद गर्न ६ करोड बजेट

Facebook Link

मकवानपुर: बागमती प्रदेश सरकारले दसैँ लगत्तै सवारी (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।

 

प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयले जानकारी गराएको छ । यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने भएको छ ।

 

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ । विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।

 

प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेशबाट लाइसेन्स छपाइ र वितरण कार्य सुरु भएपछि सेवाग्राहीले सहज सुविधा पाउने छन् । ५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स छाप्नसक्ने मन्त्री थापाले जनाए । प्रत्येक प्रिन्टरबाट प्रतिघण्टा १५० वटा लाइसेन्स छापिने जानकारी उनले दिए । लाइसेन्स छपाइ र वितरणका लागि मन्त्रालयले पूर्वाधारको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति मन्त्रालयसँगै तयारी अवस्थामा राखेको उनले बताए ।

 

मन्त्रालयले ‘क्यूआर कोड’सहितको स्मार्ट कार्ड खरिदका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । तत्काल छपाइ सुरु गर्न कोटेसनमार्फत केही कार्ड खरिद गरिने मन्त्री थापाले बताए । सो पश्चात लाइसेन्स छपाइलाई निरन्तरता दिन स्मार्ट कार्ड खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ । टेण्डरको प्रक्रियामा केही समय लाग्ने भएकाले तत्काल काम थाल्न केही कार्ड कोटेशन मार्फत खरिदको प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

 

लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) मा ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले आवश्यक कार्ड खरिद गर्ने र अपुग भएका थप बजेट व्यवस्थापन गर्ने मन्त्री थापाको भनाइ छ । यसअघि पनि २०८१ चैतमा स्मार्ट कार्ड खरिद गर्न टेण्डर आह्वान गरिएको थियो । प्राविधिक त्रुटिका कारण सो टेण्डर रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...