YouTube Link

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १८८९ विन्दुमा

World Cup 2026
Facebook Link

 

काठमाडौं: सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ ।

 

यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो । यसअघि गत वैशाख १९ गते नेप्से परिसूचक १८६६ विन्दुमा झरेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा बन्द भएको छ । नेप्से घटेपनि यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको  छ । आज २८२ स्क्रीप्टको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा किनबेच भए ।  सोमबार १ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो ।

 

मंगलबार १९३ स्क्रीप्टको मूल्य घट्दा ३१ स्क्रीप्टको मात्रै बढेको हो । नेप्से घटेको दिन सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता कमाए । यो हाइड्रोपावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढ्यो । बराही हाइड्रोपावरको सेयर मूल्य भने ७.६४ प्रतिशतले ओरालो लाग्यो ।

 

कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २ अर्ब ३७ लाख  ८४ हजार ९९१ रुपैयाँको सेयर कारोबार भयो । नबिल बैंकको ३४ करोड, एनआईसी एसिया बैंकको ३० करोड, शिवम् सिमेन्टको २६ करोड र सिटीजन्स लाइफ इन्स्योरेन्सको २६ करोड मूल्यको सेयर कारोबार गरी शीर्ष पाँचमा पर्न सफल भए ।

 

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घट्यो । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...