YouTube Link

नेपाल अर्बुद रोग निवारण संस्थाले मनायो ४१औं वार्षिकोत्सव

Facebook Link

 

काठमाडौं: नेपाल अर्बुद रोग निवारण संस्थाले ४१औं वार्षिकोत्सव मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्थाले क्यान्सर विरुद्धको अभियानमा योगदान पुर्याएका दर्जनौ संघसंस्थाहरुलाई पुरस्कृत गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

 

कार्यक्रममा सांसद तेजुलाल चौधरीले सुर्तीजन्य पदार्थमा लगाइने कर वृद्धी नगरिएको प्रति असन्तुष्टी प्रकट गर्दै सरकार क्यान्सर रोग निवारणमा गम्भीर नभएको जिकिर गरे । सांसद चौधरीले सरकार नै सक्रिय नभएसम्म क्यान्सर रोग रोकथाम र उपचारमा गैर सरकारी संस्थाहरुको प्रयास पर्याप्त हुन नसक्ने तर्फप्रति ध्यानकर्षण गराए । उनले नेपाल अर्वुद रोग निवारण संस्थाले गरेको कामहरुको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम गरे सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगका कारण विकसित राष्ट्रहरुको तुलनामा विकासोन्मुख र अविकसित राष्ट्र्रहरुमा मृत्युदर विकराल रहेको बताउँदै यसको रोकथामका लागि अब ढिला गर्न नहुने बताए । भक्तपुर क्यान्सर अस्पताको स्थापना र सफल सञ्चालन गरिसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निकट भविष्यमा अन्तराष्ट्रिय स्तरको क्यान्सर डायग्नोष्टिक सेण्टर स्थापना गर्न लागेको बताए ।

 

अध्यक्ष श्रेष्ठले यो संस्थाले देशमा विकराल रुपमा विस्तार भईरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमहरुका साथै क्यान्सर रोगीहरुको उपचारात्मक कार्यका लागि सहयोग पुर्याईरहेको दावी गरे । उनले राष्ट्रियस्तरको गैर नाफामूलक सामाजिक संस्थाका रुपमा स्थापित यस नेपाल अर्बुद रोग निवारण संस्थाले सातै प्रदेश सरकार र स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र पालिकाहरुको समन्वयमा जनचेतना जागरण र क्यान्सर रोगीको उपचार दुवैमा सहयोग पुर्याउँदै आएको जानकारी दिए ।

 

 

नेपाल अयुर्वेद रोग निवारण संस्थाका महासचिव दिपेन्द्र बान्तवाले क्यान्सर सम्वन्धी काम गर्ने जेठो संस्था भएकाले अबका दिनमा क्यान्सर विरुद्धका अभियानमा लागेका सबै संघसंस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने बताए । महासचिव वान्तवाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै क्यान्सर जस्तो प्राणघातक रोग विरुद्ध लड्न सबै एकजुट भएमात्र सम्भव भएको बताए ।

 

कार्यक्रममा क्यान्सर सर्भाइबर गायिका देविका बन्दना, नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, भरतपुर क्यान्सर अस्पतालका पुर्व अध्यक्ष प्रकाशराज न्यौपाने लगायतले क्यान्सर रोग नियन्त्रण र उपचारका लागि लिनुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए ।

 

 

संस्थाको वार्षिकोत्सवको अवसरमा एक दिन अघि मात्रै क्यान्सर रोग विरुद्ध सचेतना र क्यान्सर डायग्नोष्टिक सेण्टर स्थापनार्थ कोष संकलनका लागि बृहत पदयात्राको आयोजना गरिएको थियो । कार्यक्रममा सेरो ल्याव, यतिकेम, प्रसिडेण्ट टुर्स एण्ड ट्राभल, शुभगुरु सुनचादी पसल, इभेण्ट सोलुसन लगायतका विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान र पुरस्कृत गरिएको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...