नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५ हजार २ सय ९२ कोरोना संक्रमित, ८ जनाको मृत्यु
वि.सं.२०७८ माघ १७ सोमवार १७:५१
1.9K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
त्यस्तै ५ हजार ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय २० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १७:५१




















