YouTube Link

नेपाल सरकारले रुसले बनाएको कोरोना खोपलाई अनुमति दियो

Facebook Link

काठमाडौं:  नेपाल सरकारले रुसले बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेपछि संभावित संकट टार्न नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

 

मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

 

केही दिनअघि भारतले समेत रुसको सो खोपलाई प्रयोगका लागि आपतकालीन अनुमति दिइएको जनाएको थियो । भारतको यो कदमको केही दिनपछि नेपालले समेत त्यस्तो अनुमति दिएको हो ।

 

नेपालमा स्पुतनिक खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको छ । यो रुसी खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिन्छ ।

 

नेपालले यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाको सहयोगमा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप प्रयोग गरिसकेको छ । भारतबाट अनुदानको रुपमा आएको कोभिसिल्ड खोपको दोश्रो डोज पनि मंगलबारदेखि लगाउन थालिसकिएको छ ।

 

यस्तै, केही साताअघिदेखि चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको ‘भेरोसेल’ खोप पनि अनुदानकै रुपमा पाएर नेपालले नागरिकहरुमा प्रयोग गरिसकेको छ ।

 

कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाईदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...