YouTube Link

नेपाल सरकारले रुसले बनाएको कोरोना खोपलाई अनुमति दियो

Facebook Link

काठमाडौं:  नेपाल सरकारले रुसले बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेपछि संभावित संकट टार्न नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

 

मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

 

केही दिनअघि भारतले समेत रुसको सो खोपलाई प्रयोगका लागि आपतकालीन अनुमति दिइएको जनाएको थियो । भारतको यो कदमको केही दिनपछि नेपालले समेत त्यस्तो अनुमति दिएको हो ।

 

नेपालमा स्पुतनिक खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको छ । यो रुसी खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिन्छ ।

 

नेपालले यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाको सहयोगमा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप प्रयोग गरिसकेको छ । भारतबाट अनुदानको रुपमा आएको कोभिसिल्ड खोपको दोश्रो डोज पनि मंगलबारदेखि लगाउन थालिसकिएको छ ।

 

यस्तै, केही साताअघिदेखि चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको ‘भेरोसेल’ खोप पनि अनुदानकै रुपमा पाएर नेपालले नागरिकहरुमा प्रयोग गरिसकेको छ ।

 

कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाईदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...