YouTube Link

भारतमा नागरिकता संशोधन विधेयकको विरोधमा बंगालमा पनि प्रदर्शन

Facebook Link

एजेन्सी: भारतको लोकसभा र राज्यसभाबाट ‘विवादित’ नागरिकता संशोधन विधेयक २०१९ पारित भएसँगै भारतको पूर्वोत्तर राज्य असममा हिंसात्मक प्रदर्शन बढ्दै गएको छ । नागरिकता संशोधन विधेयकलाई लिएर असमलगायत पूर्वोत्तर राज्यमा प्रदर्शन चर्किएपछि पश्चिम बंगालमा पनि विरोध सुरु भएको छ ।

बंगालको मुर्शिदाबादमा प्रदर्शनकारीहरुले लालगोला रेलवे स्टेशनमा पाँच वटा खाली ट्रेनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरुले राज्यका विभिन्न क्षेत्रका सडक पनि अवरुद्ध गरेका छन् । जसका कारण सडक यातायात र रेल सेवा पनि प्रभावित बनेको छ । मुर्शिदाबाद र उत्तरी २४ परगना जिल्ला तथ हावडा (ग्रामीण) मा प्रदर्शनले उग्र रुप लिएको प्रहरी अधिकारीले जनाएका छन् । हावडा जिल्लाको एक रेलवे स्टेशन परिसरको भाग शनिबार प्रदर्शनकारीहरुले जलाएको र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुलाई हातपात गरेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहानदेखि नै नागरिकता संशोधन विधेयकको विरोध गरिरहेका हजारौँ प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै केही पसलमा पनि आगो लगाएका छन् । प्रदर्शन चर्किएपछि ४० भन्दा बढी रेलवे सेवा रद्द गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । रेलवेका कर्मचारीहरु ज्यान बचाउन स्टेशन छोडेर भागेका थिए । प्रदर्शनकारीहरुले सार्वजनिक बस, दमकलामा पनि आगो लगाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...