Health Ad
YouTube Link

पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात

Khanepani Dhal
Facebook Link

काठमाडौं: गएको तीन दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात भएको छ । मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात भएको छ ।

यो क्रम आज पनि रहने भएकाले पहाडीसहित हिमाली भू-भागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको र हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ ।

आज पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...