अमेरिकाको जर्सी शहरमा प्रहरी र संदिग्धबीच दुईतर्फी गोलीबारी
वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:१२
969
sharesएजेन्सी: अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक सुरक्षाकर्मी सहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनुसार अन्य दुई सुरक्षाकर्मी घाइते भएको जनाएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भएको थियो ।
गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भएको थियो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए ।
जर्सी शहरका सुरक्षाकर्मी प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् । जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ ।
वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:१२