YouTube Link

भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

Facebook Link

 

एजेन्सीः रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार ८७ प्रतिशत मत ल्याएर पुटिन विजयी भएका हुन् । शुक्रबारबाट आइतबारसम्म भएको मतदानमा ७४ प्रतिशत मत खसेको बताइएको छ ।

 

चुनावी घोषणापछि पुटिनले रुस बलियो, स्वतन्त्र र सार्वभौम देश बनाउने आफ्नो सपना भएको बताएका छन् । रुसी जनता एक भएको अवस्थामा भविष्यका सबै समस्याहरुबाट पार लाग्न सकिने पुटिनले बताएका छन् । चुनावकै आसपासको समयमा युक्रेनले रुसी सीमा मिच्नलाई पाँच हजार सैनिक पठाएको तर रुसी प्रतिकारमा परेर चालिस प्रतिशतले ज्यान गुमाएको पुटिनले बताएका छन् ।

 

आधुनिक विश्वमा जे पनि सम्भावना भएको भन्दै पुटिनले नेटोले आफ्ना सैनिक युक्रेनमा पठाउन सोचेको बताएका छन् । तर, त्यसो गर्नु तेस्रो विश्व युद्धभन्दा एक कदम पछि मात्रै हुने भन्दै उनले कसैको त्यता रुचि नभएको बताए । सन् २००० मा रुसी सत्तामा आएका पुटिन त्यसयता प्रधानमन्त्री तथा राष्ट्रपतिको रुपमा निरन्तर सत्तामा छन् । त्यस अगाडि उनी सेन्ट पिटर्सबर्गको उपमेयर थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...