YouTube Link

बंगलादेशमा आज आम निर्वाचन हुँदै, तीन सय सिटका लागि करिब दुई हजार उम्मेदवार चुनावी मैदानमा

Facebook Link

एजेन्सी: बंगलादेशमा आज आम निर्बाचन हुने भएको छ । बर्तमान प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रतिपक्षी दल एवम् पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) निर्बाचन बहिष्कारकाबीच स्थानीय समय अनुसार बिहान ८ बजेबाट सुरु हुने मतदान दिउँसो ४ बजे सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

बिएनपीले निर्वाचन गराउन कामचलाउ सरकार हुनुपर्ने माग गरेपनि कार्यन्वयनमा आउन सकेन । बीएनपीले चुनावलाई विश्वसनीय बनाउन अवामी लिगले ‘डमी’ उम्मेदवार खडा गरेको दाबी गरेको छ । आम निर्बाचनमा ३ सय सिटका लागि करिब २ हजार उम्मेदवार चुनावी मैदानमा छन् । १७ करोड नागरिक मतदानमा सहभागी हुने छन् । निर्वाचन सम्पन्न गराउन करिब आठ लाख प्रहरी, अर्धसैनिक बल र प्रहरी सहायक खटाईएका छन् ।

 

१२७ विदेशी पर्यवेक्षकले निर्वाचन प्रक्रियामा निगरानी राख्नेछन् । सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया शेख हसिना बंगलादेशमा लगातार चौथो पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । मतदान सकिए लगत्तै मतगणना सुरु हुने भएकाले भोलिसम्म प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...