अमेरिका भ्रमणमा रहेको नेपालले आज ओमानसँग खेल्दै
वि.सं.२०७९ जेठ २६ बिहीवार ०९:५९
2.2K
shares
काठमाडौं: अमेरिका भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ ।
ह्युस्टस्थित मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
ओमानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ ।
लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।
लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार ०९:५९



















