YouTube Link

म्यानमार सेनाले एकै पटक धेरै सर्वसाधारणको हत्या गरेको एक अनुसन्धानद्वारा सार्वजनिक

Facebook Link

 

एजेन्सी: जुलाईमा म्यानमारको सेनाले एकै पटक धेरै सर्वसाधारणको हत्या गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ ।

 

अनुसन्धानका अनुसार कम्तीमा ४० जना पुरुषको मृत्यु भएको जनाएको छ । घटनाका प्रत्यक्षदर्शी र बाँचेका व्यक्तिले  सिपाहीहरूले निर्ममतापूर्वक मारेको बताएका छन् ।

 

जसमा १७ वर्षकी किशोरीहरू पनि सामेल छिन् । घटनाको भिडियो फुटेज र तस्वीरहरूमा धेरै मानिसलाई मार्नुअघि यातना दिएको र चिहानमा सामूहिक गाडिएको देखिएको छ ।

 

कानी क्षेत्रमा चार छुट्टाछुट्टै हत्याका घटना भएका छन् । यो मध्य म्यानमारको सागिङ जिल्लाको एउटा क्षेत्र हो, जसलाई विपक्षीको बलियो गढ मानिन्छ ।

 

गत फेब्रुअरीमा आङ सान सुकीको नेतृत्वमा रहेको लोकतान्त्रिक नागरिक सरकारले सत्तापक्षले गरेको ‘कु’पछि सेनाले नागरिकको विरोधको सामना गरिरहेको छ ।

 

कानीमा बीबीसीले ११ प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको थियो । उनीहरूलाई ‘म्यानमार विटनेस’ नामक एनजिओको मोबाइल फोन फुटेज र फोटोहरूसँग तुलना गरिएको थियो ।

 

म्यान्मार विटनेस बेलायतमा रहेको एनजिओ हो । जसले म्यानमारमा मानवअधिकार उल्लंघनको अनुसन्धान गर्छ ।

 

सबैभन्दा ठूलो हत्या यिन गाउँमा भएको थियो । जहाँ कम्तीमा १४ जनालाई यातना दिई हत्या गरेर जंगलमा फ्याँकिएको थियो ।

 

एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, ‘ती पुरुषहरूलाई डोरीले बाँधेर मृत्युदण्ड दिनुअघि निर्मतापूर्वक कुटपिट गरिएको थियो ।’

 

हत्याको घटनाबाट भाग्न सफल एक व्यक्तिले मर्नुअघि सिपाहीहरूले ती पुरुषहरूसँग डरलाग्दो व्यवहार गरेको बताए । ‘उनीहरूलाई बाँधेर दिनभर ढुङ्गा र राइफलको बटले पिटियो,’ बाँचेका व्यक्तिले भने, ‘केही सिपाहीहरू धेरै जवान थिए, सायद १७ वा १८ वर्षका थिए । कोही धेरै वृद्ध थिए।  उनीहरूसँगै एउटी महिला पनि थिइन् ।’

 

जुलाईको अन्त्यमा जि बिन ड्विन भनिने नजिकैको गाउँको सामूहिक चिहानमा १२ वटा शव फेला परेका थिए ।

 

तीमध्ये एउटा सानो शव र एक अपाङ्गता भएका व्यक्ति पनि थिए । सानो शव एक बालकको भएको अनुमान गरिएको छ ।

 

सोही क्रममा रुखमा बाँधिएको अवस्थामा ६० वर्षभन्दा माथिका एक व्यक्तिको शव फेला परेको थियो । जि बिन ड्विन क्षेत्रका चरमपन्थी समूहले सेनामाथि आक्रमण गरी प्रजातन्त्रको पुनर्स्थापनाको माग गरेकाले यस हत्यालाई सेनाको दण्डको रूपमा हेरिएको छ ।

 

नागरिक लडाकु समूह पिपुल्स डिफेन्स फोर्स र सेनाका स्थानीय शाखाहरूबीच भिडन्त जारी छ । जि बिन ड्विन लगायतका क्षेत्रमा सामूहिक हत्या हुनुअघि झडप तीव्र भएको थियो ।

 

बिबिसीका अनुसार प्राप्त फुटेजमा पुरुषहरूलाई विशेष रूपमा लक्षित गरिएको स्पष्ट प्रमाण हुन् । जनप्रतिनिधि र सेनाबीच भएको झडपमा गाउँका जनताले सामूहिक दण्ड पाएका छन् । यी घटनामा मारिएकाका परिवारले ती व्यक्ति सेनाविरुद्धको आक्रमणमा संलग्न नभएको बताएका छन् ।

 

म्यानमारमा विद्रोहपछि विदेशी पत्रकारहरूले रिपोर्टिङ गर्न पाउँदैनन् र अधिकांश गैर-सरकारी मिडिया संस्थाहरू बन्द गरिएका छन् । जसका कारण ग्राउन्ड रिपोर्टिङ असम्भव भएको छ ।

 

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले गरेको कथित मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...