YouTube Link

म्यानमार सेनाले एकै पटक धेरै सर्वसाधारणको हत्या गरेको एक अनुसन्धानद्वारा सार्वजनिक

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: जुलाईमा म्यानमारको सेनाले एकै पटक धेरै सर्वसाधारणको हत्या गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ ।

 

अनुसन्धानका अनुसार कम्तीमा ४० जना पुरुषको मृत्यु भएको जनाएको छ । घटनाका प्रत्यक्षदर्शी र बाँचेका व्यक्तिले  सिपाहीहरूले निर्ममतापूर्वक मारेको बताएका छन् ।

 

जसमा १७ वर्षकी किशोरीहरू पनि सामेल छिन् । घटनाको भिडियो फुटेज र तस्वीरहरूमा धेरै मानिसलाई मार्नुअघि यातना दिएको र चिहानमा सामूहिक गाडिएको देखिएको छ ।

 

कानी क्षेत्रमा चार छुट्टाछुट्टै हत्याका घटना भएका छन् । यो मध्य म्यानमारको सागिङ जिल्लाको एउटा क्षेत्र हो, जसलाई विपक्षीको बलियो गढ मानिन्छ ।

 

गत फेब्रुअरीमा आङ सान सुकीको नेतृत्वमा रहेको लोकतान्त्रिक नागरिक सरकारले सत्तापक्षले गरेको ‘कु’पछि सेनाले नागरिकको विरोधको सामना गरिरहेको छ ।

 

कानीमा बीबीसीले ११ प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको थियो । उनीहरूलाई ‘म्यानमार विटनेस’ नामक एनजिओको मोबाइल फोन फुटेज र फोटोहरूसँग तुलना गरिएको थियो ।

 

म्यान्मार विटनेस बेलायतमा रहेको एनजिओ हो । जसले म्यानमारमा मानवअधिकार उल्लंघनको अनुसन्धान गर्छ ।

 

सबैभन्दा ठूलो हत्या यिन गाउँमा भएको थियो । जहाँ कम्तीमा १४ जनालाई यातना दिई हत्या गरेर जंगलमा फ्याँकिएको थियो ।

 

एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, ‘ती पुरुषहरूलाई डोरीले बाँधेर मृत्युदण्ड दिनुअघि निर्मतापूर्वक कुटपिट गरिएको थियो ।’

 

हत्याको घटनाबाट भाग्न सफल एक व्यक्तिले मर्नुअघि सिपाहीहरूले ती पुरुषहरूसँग डरलाग्दो व्यवहार गरेको बताए । ‘उनीहरूलाई बाँधेर दिनभर ढुङ्गा र राइफलको बटले पिटियो,’ बाँचेका व्यक्तिले भने, ‘केही सिपाहीहरू धेरै जवान थिए, सायद १७ वा १८ वर्षका थिए । कोही धेरै वृद्ध थिए।  उनीहरूसँगै एउटी महिला पनि थिइन् ।’

 

जुलाईको अन्त्यमा जि बिन ड्विन भनिने नजिकैको गाउँको सामूहिक चिहानमा १२ वटा शव फेला परेका थिए ।

 

तीमध्ये एउटा सानो शव र एक अपाङ्गता भएका व्यक्ति पनि थिए । सानो शव एक बालकको भएको अनुमान गरिएको छ ।

 

सोही क्रममा रुखमा बाँधिएको अवस्थामा ६० वर्षभन्दा माथिका एक व्यक्तिको शव फेला परेको थियो । जि बिन ड्विन क्षेत्रका चरमपन्थी समूहले सेनामाथि आक्रमण गरी प्रजातन्त्रको पुनर्स्थापनाको माग गरेकाले यस हत्यालाई सेनाको दण्डको रूपमा हेरिएको छ ।

 

नागरिक लडाकु समूह पिपुल्स डिफेन्स फोर्स र सेनाका स्थानीय शाखाहरूबीच भिडन्त जारी छ । जि बिन ड्विन लगायतका क्षेत्रमा सामूहिक हत्या हुनुअघि झडप तीव्र भएको थियो ।

 

बिबिसीका अनुसार प्राप्त फुटेजमा पुरुषहरूलाई विशेष रूपमा लक्षित गरिएको स्पष्ट प्रमाण हुन् । जनप्रतिनिधि र सेनाबीच भएको झडपमा गाउँका जनताले सामूहिक दण्ड पाएका छन् । यी घटनामा मारिएकाका परिवारले ती व्यक्ति सेनाविरुद्धको आक्रमणमा संलग्न नभएको बताएका छन् ।

 

म्यानमारमा विद्रोहपछि विदेशी पत्रकारहरूले रिपोर्टिङ गर्न पाउँदैनन् र अधिकांश गैर-सरकारी मिडिया संस्थाहरू बन्द गरिएका छन् । जसका कारण ग्राउन्ड रिपोर्टिङ असम्भव भएको छ ।

 

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले गरेको कथित मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...