सुनुवार भाषाको गाना “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को म्यूजिक भिडियो सार्वजानिक
वि.सं.२०७६ मंसिर १४ शनिवार १५:३१
1.1K
sharesकाठमाडौं: कोइँच कुम्सो खिँ को पहिलो कोशेली भाषिक गाना सुनुवार समुदायको “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को म्यूजिक भिडियो शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरिएको छ ।
उक्त म्यूजिक भिडियो सुनुवार सेवा समाज भवन कार्यालयमा सार्वजानिक गरिएको हो । नेपाली भाषामा “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को अर्थ “सुनुवारको घरमा भेटघाट” भन्ने अर्थ लाग्दछ । यस म्यूजिक भिडियोमा सुनुवार समुदायको रितिरिवाज र सांस्कृतिक भेषभुषा र रोधी घरमा गाईने गानामा आधारित बनाई प्रस्तुत गरिएको छ ।
यस म्यूजिक भिडियोको गानामा हिक्मत सुनुवार र निर्जला सुनुवारले स्वर दिएका छन् भने खेम सुनुवारको शब्द रहेको छ । गानामा गायिका निर्जाला सुनुवारको संगीत रहेको छ । म्यूजिक भिडियोमा शिव सुनुवार र प्रशंसा सुनुवार सहित अन्य सुनुवार कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मुस्कान सुनुवारले निर्देशन गरेका छन् ।
म्यूजिक भिडियोमा बिरेन्द्र भट्टको छायांकन रहेको छ भने किरण थापाले सम्पादन गरेका छन् । यस म्यूजिक भिडियोलाई बिन्दाबासिनी म्यूजिक कम्पनीले यू-ट्युवबाट सार्वजानिक गरिएको छ । मिडिया पार्टनरमा अखबारनेपाल डटकम www.akhabarnepal.com रहेको छ ।
{भिडियो सहित}
वि.सं.२०७६ मंसिर १४ शनिवार १५:३१