YouTube Link

इलामको पशुपतिनगरबाट झण्डै १७ लाख रुपैयाँको अवैध सामान तथा चौपाया बरामद

Facebook Link

इलाम । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रुपले चोरी-पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ । सो अवधिमा गुल्मले इलाम जिल्लाको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता-चप्पल तथा मदिराजन्य पदार्थलगायतका सामान बरामद गरेको हो ।

 

बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता-चप्पल , ५ सय ७० किलो फर्सीको बियाँलगायतका सामान तथा चौपाया रहेका छन् । उक्त सामानहरु सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बीसेसहितको संयुक्त टोलीले बरामद गरेको हो । सीमा क्षेत्रमा हुने अवैध ओसार-पसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।

 

 

सशस्त्र प्रहरी बल, नेपालको मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सह-प्रवक्ता शैलेन्द्र थापाको फिल्ड कमाण्ड पनि अब्बल देखिएको छ । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन् । मिडिया समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले फिल्डमा समेत उत्कृष्ट कार्य गरेका छन् । विगतमा समेत राष्ट्र र संगठनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेवापत् उनलाई २५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

 

 

त्यस्तै उनलाई २०७७ सालमा २० औं सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेवापत् पुरस्कृत गरिएको थियो भने २१ औं सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरेवापत् र २४ औं सशस्त्र प्रहरी दिवस २०८१ मा IG APF Commendation (सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा) प्रदान गरिएको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक थापा सञ्चार माध्यमसँगको समन्वयमा बढी नै दख्खल राख्छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१४औं किण्डर ओलम्पिक तीन चरणमा आयोजना हुँदै, २ हजार १०० बालबालिका सहभागी हुने

१४औं किण्डर ओलम्पिक तीन चरणमा आयोजना हुँदै, २ हजार १०० बालबालिका सहभागी हुने

वि.सं.२०८३ मंसिर १० बिहीवार १४:३४

काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नाराका साथ...

संयुक्त सैन्य तालिम ‘अभ्यास-सूर्यकिरण’ को २० औं संस्करण शुरु

संयुक्त सैन्य तालिम ‘अभ्यास-सूर्यकिरण’ को २० औं संस्करण शुरु

वि.सं.२०८३ मंसिर ९ बुधवार १२:०३

काठमाडौं: मंसिर २० गतेसम्म नेपाल र भारतका सेनाबीच सञ्चालन हुने...

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...