YouTube Link

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

Facebook Link

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपलाई भविष्यमा ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे विश्वकपपछि अध्ययन गरिने बताएका छन् । सन् २०२६ मा पहिलो पटक ४८ टोलीसहित आयोजना भएको विश्वकप सफल भएको उल्लेख गर्दै इन्फान्टिनोले अब ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिने बताए ।

 

‘विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि हो । प्रत्येक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ,’ इन्फान्टिनोले भने । उनका अनुसार साना राष्ट्रलाई विश्वकपमा अवसर दिए उनीहरूको फुटबलको स्तर अझ उकासिनेछ ।

 

इन्फान्टिनोले ४८ टोलीको विश्वकपको सफलताको उदाहरण दिँदै यसपटक १० मध्ये ९ अफ्रिकी टोली नकआउट चरणमा पुगेको उल्लेख गरे । ‘अघिल्लो विश्वकपमा अफ्रिकाबाट ५ टोली मात्र थिए । अहिले धेरै टोलीले अवसर पाएपछि उनीहरूले आफ्नो क्षमता देखाएका छन्,’ उनले भने ।

 

२०३० विश्वकपका लागि पनि प्रस्ताव

दक्षिण अमेरिकी फुटबल महासंघले सन् २०२५ मा २०३० विश्वकप ६४ टोलीको बनाउन औपचारिक प्रस्ताव राखेको थियो । तर यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । २०३० को विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोले आयोजना गर्नेछन् भने प्रतियोगिताको शताब्दी मनाउन उद्घाटन खेलहरू अर्जेन्टिना, उरुग्वे र पाराग्वे मा हुनेछन् ।

 

फिफाले परिषद्का सदस्यबाट आएका सबै प्रस्तावमाथि छलफल गर्नु आफ्नो दायित्व भएको जनाएको छ । अन्तिम निर्णय फिफा परिषद्ले गर्ने भए पनि ६४ टोलीको विश्वकप तत्काल लागू हुने संकेत भने देखिएको छैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...