YouTube Link

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

Facebook Link

काठमाडौं: व्यवसायी वर्षा कुँवरले ‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को सिजन ७ को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दै कुँवरलेले ताज पहिरिएकी हुन् ।

 

वानेश्वरमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएकी कुँवरले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधी समेत प्राप्त गरिन् । उनले रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामिकबाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरु प्राप्त गरिन् ।

 

 

यस्तै करुणा विक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन । उनले ३२ इन्चको टिभि, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् । यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनिकको पनि उपाधि जित्न सफल भइन । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मिला कनौजिया मगीया भइन । अर्गनाइजर च्वाइसको उपाधि भने अञ्जु क्षेत्रीले जित्न सफल भइन् ।

 

प्रतियोगिताका अन्य विधामा अनितादेवी साहले फेन्ड्ली उपाधी जितिन् । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूल अवार्ड पाएकी थिइन् ।

 

 

कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाहरुको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरुको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरे । यस्तो कार्यक्रमहरुसँग महिलाहरुलाई घरको चुला चौकोबाट हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताए ।

 

 

उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भुमिकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डां विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक ईश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य, व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहनुभएको मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...