YouTube Link

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगार्थ डिलाइट च्यारिटी कन्सर्ट-२०२४ सम्पन्न

Facebook Link

काठमाडौं: डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले संयुक्त रुपमा विभिन्न संस्थामा रहेका अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट २०२४ को आयोजना सम्पन्न गरेको छ ।

 

ठमेलस्थित एलफ्ट होटलमा गरिएको उक्त कन्सर्टमा डिलाइट म्यूजिक स्कूलका विद्यार्थीहरुले आफुले सिकेको सांगीतिक कला प्रस्तुत गरेका थिए । डिलाइट ब्याण्डका साथै त्रि-नेत्र फाउण्डेशन, सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसन, बोदिचित्र डेभलपमेन्ट सोसाईटी, बज्र अर्य फाउण्डेशन, नग्री वेलफेयर सोसाईटी, ह्प्पी चिल्ड्रेल होम, स्टुडेन्ट फर सिक्स अर्फनगेस, क्वार्टेट लगायतबाट सहभागी बालबालिकाले आफूले सिकेका कला च्यारिटी कन्सर्टमा प्रस्तुत गरेका थिए ।

 

कन्सर्टमा सहभागी बालबालिकाहरुले राष्ट्रिय गानबाट आफ्नो प्रस्तुती सुरुवात गरेका थिए । च्यारिटी कन्सर्ट हेर्न आएका आम दर्शकलाई बालबालिकाहरुले पिरै पिर, असारे महिनामा, कलिलो तामालाई, शिर माथि, तिरिरि मुरली, मंगोल धुन, हेर न हेर कान्छा, फूलको आँखामा, रेशम फिरिरि, कलकते काईयो, कति बस्छौ माईती कै कौशीमा लगायतका विभिन्न सांगीतिक प्रस्तुती दिई मनोरञ्जन दिलाएका थिए । यसका साथै विभिन्न संस्थामा आवद्ध रहि बालबालिकालाई संगीत सिकाईरहेका शिक्षकहरुले संयुक्त रुपमा “हे कान्छी मलाई सुनको तारा…” र “मोहनी लाग्ला है…” बोलको गीतमा प्रस्तुती दिएका थिए ।

 

 

शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत चार वर्षदेखि नेपालमा रहेको टिपिकल बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ । ब्रम्हकुमारी मार्ग, ज्याठा, ठमेल काठमाडौमा रहेको डिलाईट म्यूजिक स्कुलले पीएनो, सारङ्गी, सेक्सोफोन, गीटार, मादल, बाँसुरी, वेस्टन फ्लुट लगायतका विभिन्न बद्यबादनहरु सिकाउँदै आईरहको छ ।

 

 

ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डर समेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लाका १२५ भन्दा बढी असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाद्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले अखबारनेपाल डटकमलाई जानकारी गराए । गुरुङले देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा बाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको बताए ।

 

 

सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

 

 

सम्पर्क ठेगाना:

Delight Music School

Contact: 01-5358944

1st Floor, House 67, Bramakumari Marg

Jyatha, Thamel, Kathmandu

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...