YouTube Link

क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राखे खेलाडीदेखि कलाकारसँग बैठक

Khanepani Dhal
Facebook Link

काठमाडौं: क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्यानका पदाधिकारी खेलाडी सहित कलाकारहरुसँग बैठक राखेका छन् ।

 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यो भेटघाटबाट आफू उत्साहित भएको बताएका छन् । यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ । क्यान सचिव पारस खड्का बैठकमा उपस्थिति थिए भने काठमाडौंमा उपलब्ध राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी कलाकारहरूको पनि सहभागित रहेको थियो । बैठकमा गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल बैठकमा सहभागी थिए ।

 

बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे । रंगशाला मात्र नभएर समग्र क्रिकेटको विषयमा अनौपचारिक कुराकानी भएको थियो । केही कलाकारहरूले खेलाडीहरूको सेवा सुविधा अझै कम भएको भन्दै वृद्धि गर्न सुझाव दिएका थिए । क्यान सचिव खड्काले भने रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिकरुपमा सक्षम हुने भएकाले खेलाडीको सेवा सुविधामा सरकारको मुख ताकिरहनु नपर्ने बताए ।

 

प्रधानमन्त्री ओलीले हिजो मात्रै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटघाट गरेका थिए । उक्त भेटघाट पनि रंगशालाकै विषयमा केन्द्रित थियो । त्यसो त प्रधानमन्त्री बनेर पदबहाल गरेपछि ओलीको पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने थियो । प्रधानमन्त्री ओलीले चितवनमा निर्माण सुरु भएर लामो समयदेखि अलपत्र परिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाप्रति भने कुनै चासो दिएका छैनन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...