YouTube Link

क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राखे खेलाडीदेखि कलाकारसँग बैठक

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्यानका पदाधिकारी खेलाडी सहित कलाकारहरुसँग बैठक राखेका छन् ।

 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यो भेटघाटबाट आफू उत्साहित भएको बताएका छन् । यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ । क्यान सचिव पारस खड्का बैठकमा उपस्थिति थिए भने काठमाडौंमा उपलब्ध राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी कलाकारहरूको पनि सहभागित रहेको थियो । बैठकमा गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल बैठकमा सहभागी थिए ।

 

बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे । रंगशाला मात्र नभएर समग्र क्रिकेटको विषयमा अनौपचारिक कुराकानी भएको थियो । केही कलाकारहरूले खेलाडीहरूको सेवा सुविधा अझै कम भएको भन्दै वृद्धि गर्न सुझाव दिएका थिए । क्यान सचिव खड्काले भने रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिकरुपमा सक्षम हुने भएकाले खेलाडीको सेवा सुविधामा सरकारको मुख ताकिरहनु नपर्ने बताए ।

 

प्रधानमन्त्री ओलीले हिजो मात्रै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटघाट गरेका थिए । उक्त भेटघाट पनि रंगशालाकै विषयमा केन्द्रित थियो । त्यसो त प्रधानमन्त्री बनेर पदबहाल गरेपछि ओलीको पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने थियो । प्रधानमन्त्री ओलीले चितवनमा निर्माण सुरु भएर लामो समयदेखि अलपत्र परिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाप्रति भने कुनै चासो दिएका छैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...