वरिष्ठ गायक शशी गुरुङको ‘मलाई छोडि दुर नजाउ’ गीतको म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)
वि.सं.२०८१ असार १७ सोमवार १७:१५
3.1K
shares
काठमाडौं: वरिष्ठ गायक शशी गुरुङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । जमलस्थित विश्वज्योतिमा आयोजना गरिएको कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजानिक गरिएको हो । कार्यक्रममा साहित्यकार तथा गीतसंगीत क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
करिव चार दशक (४० वर्ष) अगाडि नेपालका पप सम्राट ओम विक्रम विष्टद्वारा रचना तथा संगीत गरिएको उक्त गीतको एक अन्तरा नटुङ्गिएकोले उक्त गीतको रेकर्ड हाल आएर पुरा गराएर रेकर्ड गरि गीत तयार पारेर म्यूजिक भिडियो समेत तयार पारेर सार्वजानिक गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । गीतका लागि गायक र संगीतकारको आ-आफ्नै कार्य व्यस्तताले सँगै नभएका कारण गीत रेकर्ड हुन नसकेकोले हाल संगीतकार तथा पप सम्राट ओम विक्रम विष्ट अमेरिकाबाट छोटो नेपाल बसाइका लागि आएकाले उक्त समयमा गीत सार्वजानिक गरिएको बताईएको छ ।

म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गीतकार राजु सिंह, भुषण खरेल, श्रीपुरुष ढकाल, दिनेश अधिकारीले गायक शशी गुरुङलाई शुभकामना दिएका थिए । उक्त गीतको म्यूजिक भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय रहेको छ । विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा सन्तोष तमाङको छायांकन रहेको छ । डोरेमी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेञ्जमेण्ट गोपाल रसाईलीले गरेका हुन् । गीतको म्यूजिक भिडियो गायक स्वयमको युट्युव च्यानल शशी गुरुङ च्यानलमा हेर्न सकिनेछ ।
(भिडियो सहित)
वि.सं.२०८१ असार १७ सोमवार १७:१५



















