YouTube Link

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

Facebook Link

 

काठमाडौं: काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ नेपाल र रसियन हाउस कमलपोखरीको संयुक्त आयोजनामा यही चैत्र १७ गतेदेखि काठमाडौंमा माइकल चेकव पद्धतिमा कार्यशाला शुरु भएको छ । चैत्र २६ सम्म चल्ने यो कार्यशाला रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको  र यसको मुख्य उद्देश्य माइकल चेकबको यो विशिष्ट पद्धतीलाई नेपाली कलाकारमाझ परिचित गराउँदै यसको व्यापक रुपमा प्रचारप्रसार गर्नु रहेको कुरा आयोजक तथा रंगनिर्देशक टंक चौंलागाईले बताए ।

 

नेपालमा कार्यरत विभिन्न थिएटरबाट २५ जना रङ्गकर्मीहरुको सहभागिता रहेको यो कार्यशालामा अनुभवी गुरु योर्ग आन्द्रेस (Joerg Andrees) मुख्य प्रशिक्षकका रुपमा छन् । उनी माईकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्  । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षे लामो कक्षा पनि सञ्चालन गरिरहेका छन् । उनी यो पद्दतिको विकास र प्रचारप्रसारका लागि विभिन्न देशमा गई यसरी नै तालिम दिँदै हिड्छन् । नेपाल आउनुअघि उनी रसियाको मस्कोमा थिए । युरोप र एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।

 

नेपालमा धेरै थिएटरहरू, रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु भएपनि कुनै विषेश पद्धती नभएको, शिक्षक, निर्देशकको ज्ञान अनुसार कक्षा सञ्चालन भईरहेको र आफ्नै ज्ञान र सिपअनुसार नाटक तयार भईरहेका कुरा निर्देशक चौंलागाई बताउँछन् । नेपालका अधिकांश थियटर र रंगकर्मीमाझ स्तानिस्लाभास्की र उनको पद्दति चर्चित छ । उनै स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी हुन माईकल चेकव । माईकल चेकव र स्तानिस्लाभास्की  दुवैको तौरतरिका फरक छ । माईकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवका भतिजा हुन्  । स्तानिस्लाभास्कीले समेत माईकल चेकवको यो पद्धतीको प्रशंसा गरेका थिए ।

 

 

जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे, उनी रसियाबाट निर्वासित भए । त्यसपछि उनले युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा पनि स्टुडियो चलाएर आफ्नो पद्धती फैलाउन थाले । पश्चिमी समाजमा माईकल चेकवको पद्धती चर्चित छ । ओस्कार बिजेता धेरै कलाकारले यो पद्धतीमा काम गर्छन्  ।

 

नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ । गत वर्ष पनि यही समयमा यो पद्धतीको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक तथा स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् र उनले काठमाडौंमा दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...